गायक एवं सङ्गीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत 'आयो है ल्होछार' बोलको गीत बजारमा आएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको मङ्गलबारको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि राख्नु भएको प्रस्तावको पक्षमा सत्ता गठबन्धनसहित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले मत दिएको छ ।
बुटवलबाट हातहतियार र विस्फोटक पदार्थसहित दुईजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बस्ने नवीन रेग्मी र कञ्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की छन् ।
साताको पहिलो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक ३२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३२.७२ अङ्क बढेर २१८२.११ बिन्दुमा पुगेको हो ।
नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ ।
बेलायती टोनिस स्टार एन्डी मुर्रे अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि वर्तमान सरकारको एक सूत्रीय कार्यक्रम भएको बताउनु भएको छ ।
माघ ५ गते प्रतिनिधि सभा सभामुखको निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि संसद् सचिवालयले आज (मङ्गलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रदेश–१ इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा मंगलबार भएको खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई १० विकेटले हरायो ।
नवनियुक्त परराष्ट्र मन्त्री विमला राई पौड्यालले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण लिएलगत्तै परराष्ट्र मन्त्री पौड्यालले आजै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
पाल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –६, पटुवाचउर बस्ने ६० वर्षका बेदबहादुर बलालको भीरबाट लडेर मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई जना थारु क्याबिनेट मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएपछि दुई जना मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्दै गर्नुहुँदा नेपाली कांग्रेस बागमती प्रदेशले विश्वासको मत दिन निर्देशन दिएको छ ।