• ७ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश–१ सेमिफाइनलमा

blog

टस गर्दै प्रदेश–१ र कर्णालीका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, माघ ३ गते । प्रदेश–१ इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा मङ्गलबार भएको खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई १० विकेटले हरायो ।

लगातार तेस्रो जितसँगै समूह ‘बी’ मा रहेको प्रदेश–१ ६ अङ्कसहित शीर्षस्थानमा छ । कर्णालीको यो लगातार तेस्रो हार हो । ओसिलो मैदानका कारण ११ ओभरमा झारिएको खेलमा कर्णालीले  जितका लागि प्रदेश–१ लाई ४० रनको लक्ष्य दिएको थियो । 

कर्णालीले दिएको लक्ष्य प्रदेश–१ ले ४.५ ओभरमा पूरा गरेको थियो । प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले अविजित २२ रन बनाउनुभयो । काजल श्रेष्ठले अविजित १३ रन बनाउनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा पाँच विकेटको क्षतिमा ३९ रन बनाएको थियो । कर्णालीका रमा बुढाथोकीले १८ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बलिङमा प्रदेश–१ का ज्योति दनुवार, रुविना क्षेत्री, सङ्गीता राई र काजोल राजवंशीले एक एक विकेट लिनुभयो ।