• ७ वैशाख २०८१, शुक्रबार

मुर्रे अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

blog

एन्डी मुर्रे ।

काठमाडौं, माघ ३ गते । बेलायती टोनिस स्टार एन्डी मुर्रे अस्ट्रेलियन ओपन टेनिसको  दोस्रो चरणमा प्रवेश गर्नुभएको छ । मेलबर्नमा मंगलबार भएको खेलमा मुर्रेले इटालीका माटियो बेरेटिनीलाई ३–२ को सेटमा हराउनुभयो ।

वर्षको पहिलो ग्रान्ड स्लाम टेनिसमा मुर्रेले सुरुवाती दुई सेट ६-३, ६-३ ले आफ्नो पक्षमा पार्नुभएको थियो । त्यसपछिका दुई सेट माटियोले ६–४, ७–६(९–७) ले जित्नुभयो । पाँचौँ तथा निर्णायक सेटमा मुर्रेले ७–६(१०–६) ले जित्दै दोस्रो चरणमा स्थान बनाउनुभएको हो । एजेन्सी