• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डले बुझ्नुभयो उपमहासचिव पुनको स्वास्थ्य अवस्था

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, माघ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।

ललितपुरको सुमेरु अस्पतालमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले उपमहासचिव पुनको स्वास्थ्यस्थिति बुझ्नुभएको हो । 

उपमहासचिव वर्षमान पुन स्वास्थ्य सुधारोन्मुख रहेको उहाँको सचिवालयले जानकारी दिएको छ । केही दिनअघि माघी महोत्सवको लागि रोल्पा पुग्नुभएका उहाँ त्यहाँ महोत्सवमा भाग नै नलिएर हेलिकप्टरबाट अस्पतालमा भर्ना हुनुभएको थियो ।

केही महिनाअघि उहाँ  चीनमा उपचार गरेर स्वदेशमा फिर्ता हुनुभएको थियो ।