• १९ वैशाख २०८१, बुधबार

नेप्से परिसूचक ३२.७२ अङ्कले वृद्धि

blog

काठमाडौं, माघ ३ गते । साताको पहिलो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक ३२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३२.७२ अङ्क बढेर २१८२.११ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८१ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.१० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अङ्कले बढेको छ ।

कारोबारमा आएका २५० कम्पनीको एक करोड १८ लाख ८३ हजार कित्ता शेयर तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । गत बिहीबार करिव साढे पाँच अर्बको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये आज बैंकिङ उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.१२ प्रतिशत, जलविद्युत् उपसमूहको परिसूचक ५.०४ प्रतिशत, वित्त उपसमूहको परिसूचक यस दिन साढे तीन प्रतिशतभन्दा बढी बढेको छ । तर, यता बैंक उपसमूहको परिसूचक भने ०.३२ प्रतिशत घटेको छ ।

नेप्से परिसूचकमा वृद्धि भएसँगै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा ग्रीन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज अपि पावर कम्पनीको २३ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।