प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ ।
नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो ।
नेपाली कांग्रेसले सभामुख र उपसभामुख पदमा उम्मेदवारी सम्बन्धमा सहयोगी दलहरुसँग समझदारीका लागि छलफल गर्ने भएको छ । बुधबार सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबर पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
उपराष्ट्रपति नन्द किशोर पुन उपचाररत पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुग्नु भएको छ । उपराष्ट्रपति पुनले बुधवार बिहानै अस्पताल पुगेर वर्षमानको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।
नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
हिन्दूहरूले ऋतुअनुसार सूर्यको गतिलाई उत्तरायण र दक्षिणायण भनेर सम्बोधन गर्दै धार्मिक र सांस्कृतिक कार्य गर्न विविध ढङ्गले वर्गीकरण गरेका छन् । माघ महिनादेखि असार मसान्तसम्म उत्तरायण र साउनदेखि पुस सम्मलाई दक्षिणायण भनिन्छ । महìवपूर्ण धार्मिक कार्य, दान, पूजा पाठ, गर्न उत्तरायण अवधि सर्वोत्तम मानिन्छ ।
हाम्रो पात्रो एपको टेलिहेल्थ सेवामा नगरपालिकाका डाक्टरसँग निःशुल्क परामर्श गर्न सकिने भएको छ ।
यस व्याख्यानले प्रोटोनिज्म सिद्धान्तको परिचयात्मक सिंहावलोकन प्रदान गर्दछ र यसको निम्न पाँच मुख्य आयामहरूको व्याख्या गर्दछ– प्रोटोनिस्मियोटिक्स, पुनस्र्थापना (रिस्टिट्युसन), जाँच (इन्क्वायरी), सत्य (ट्रुथ) र नैतिकता (एथिक्स) । सन् २००५ मा जब मेरो पुस्तक प्रोटोनिज्म : थ्योरी इन प्राक्टिस प्रकाशित भयो, यो अवधारणा बाल्कन सन्दर्भमा तत्काल सान्दर्भिक थियो । कम्युनिस्ट युगको समाप्तीपछिको समयमा भएको राजनीतिक र सामाजिक उथलपुथल र १९९० को युगोस्लाभ युद्धहरूको परिणाम स्वरूप जातीय क्रोधले अक्सर साहित्यि
नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआइटि) मा अध्ययनरत विद्यार्थीले कलेज टिफिन नामक एप सार्वजनिक गरेका छन् ।
मोरङको कानेपोखरी गाउँपालिकाले सूचना एम्बुलेन्सको प्रयोग गर्न थालेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले १६ जनवरीमा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर तीन रुपियाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको प्रतिलिटर दुई रुपियाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले पशुपन्छी बीमा अनुदान कार्यक्रमलाई डिजिटलाइज गर्न सफ्टवेयरमार्फत बीमा गर्ने र कृषकको विवरण राख्ने निर्णय गर्नुभएको छ । मङ्गलबार कृषि तथा पशुपन्छी विकासमन्त्रीको पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो ।