एउटै वडाका ३१ जना गर्भवती महिला सुत्केरी हुँदा अहिलेसम्म एक जनाले मात्र अस्पतालमा गएर सुत्केरी गराउनुभएको छ । प्रसूति गृहमा सुत्केरी गराउँदाका फाइदा र स्वास्थ्य चौकी टाढा भएपछि गर्भवती महिलाहरू घरमै सुत्केरी गराउनुपरेको बताउनुभएको छ ।
नेपालका इन्द्रबहादुर सुनार थाइल्याण्डको बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
कारागारमा रहेको थुनुवा छुटाई दिने भनी आपराधिक लाभ लिएर ठगी गर्ने धरानको एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले १३ सदस्यीय पार्टीको दस्ताबेज मस्यौदा समिति गठन गरेको छ ।
उत्तरी म्याग्दीका दुईवटा पालिका अन्नपूर्ण र रघुगंगा म्याग्दीको बेनीमा आयोजित अन्तर पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।
बङ्गलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । फेब्रुअरी ३ देखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारका लागि तय भएको दुई उडान रद्द हुँदा यात्रु मारमा परेका छन् । प्रतिकुल मौसमका कारण नेपाल वायुसेवा निगम र सीता एयरलाइन्सको उडान रद्द हुँदा यात्रु मारमा परेका हुन् ।
नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक आज (बुधबार) भएको हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । बुधबार भएको मतदानबाट न्यौपाने उपसभामुख निर्वाचित हुनुभएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो ।