सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पश्चिम सेती र सेती छैटाैं विद्युत परियोजना निर्माणमा आवश्यक सहयोगसहित साझेदारीका लागि प्रतिवद्धता बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको जनाएको छ ।
मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री सन्जय यादवले शहीदको सपना सकार गर्न मधेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । वदिलानी दिवसको अवसरमा लहानको सहिद पार्कमा सहिदहरुलाई माल्यापर्ण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ । नगरपालिकाको वडा नं. २ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा सुविधा सम्पन्न बसपार्क निर्माणको काम पूरा भई हस्तान्तरण समेत भएको हो ।
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताउनुभएको छ ।
नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाई शुरु गरेर चोरी पैठारीलाई शुून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्नु भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद सुवालले प्रतिनिधि सभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने तर्क समेत गर्नु भयो ।
लमजुङको दोर्दी गाउँपालिका २ अर्चलबोटमा रहेको लक्ष्मीनारायण मावि अर्चलबोटले स्वर्ण जयन्ती मनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ।
प्रतिनिधि सभाको सभामुखका लागि चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । सभामुखमा नेकपा (एमाले) का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।
गोरुपालन लोप हुन लागेको भन्दै संरक्षणका लागि बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहन स्वरूप आर्थिक अनुदान दिन थालेको छ ।