सप्तरीका स्थानीय तहहरूले जग्गा वर्गीकरणको काम समयमा सम्पादन नगरेकै कारण रोकिएको जग्गा कित्ताकाट खुलेको छैन। अन्य जिल्लामा कित्ताकाट खुले पनि सप्तरीमा कित्ताकाट नखुलेर किसान र मध्यम वर्गीय नागरिकलाई समस्या भएको छ। जिल्लाको विष्णुपुर गाउँपालिका–४ का दिनेशकुमार यादव भन्नुहुन्छ, “सरकारले कित्ताकाट रोकेर किसानलाई मर्नु न बाँच्नुको पीडा पारेका छन्। मधेशका गाउँमा अहिले पनि ८० प्रतिशत किसान परिवार खेतीबारीमै निर्भर छन्। भएको खेतले उब्जनी दिएन भने त्यही खेत बेचेर आफ्नो छोराछोरी पढाउनेदेखि औषधि उपचारसम्मको गर्जो टार्नु परेको हुन्छ।”
सिन्धुली जिल्लाका नौवटा स्थानीय तहमध्ये पाँच स्थानीय तहले हिउँदे अधिवेशन सम्पन्न गरेका छन् । जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, घ्याङ्लेख गाउँपालिका, तीनपाटन गाउँपालिका र फिक्कल गाउँपालिकाले हिउँदो अधिवेशन (गाउँ/नगर सभा) पुस मसान्तभित्र सम्पन्न गरेका हुन् । हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका र गोलन्जोर गाउँपालिकाले तयारी नपुगेको भन्दै हिउँदे अधिवेशन गर्न बाँकी रहेको जनाएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदो वर्षको बजेटमा मल र कृषि औजार कारखाना निर्माणका लागि बजेट विनियोजन गर्ने बताउनुभएको छ । पूर्वी चितवनमा खैरहनी महोत्सवको बुधबार उद्घाटन गर्दै उहाँले प्रदेश सरकारको मूल उद्देश्य कृषिलाई व्यावसायिक बनाउने रहेकाले त्यहीअनुसारका कार्यक्रम आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी नहुने कुरा गर्दैनौँ, कृषिका लागि आवश्यक मल र कृषि औजार हो । आउँदो बजेटमा यसलाई सम्बोधन गरिनेछ ।”
पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय रहेको मोरङको सुन्दरहरैँचा–८, गोठगाउँमा पूर्णकालीन अस्पताल सेवा बिस्तार गरिएको छ। २०५० सालमा विश्वविद्यालय स्थापना भएपछि स्थानीयले गोठगाउँमा अस्पताल र मेडिकल कलेज सञ्चालन हुनुपर्ने माग गर्दै आएका थिए तर विश्वविद्यालयको मुख्य कार्यालय विराटनगरबाट गोठगाउँमा सार्न नै २६ वर्ष लागेको थियो। मुख्य कार्यालय गोठगाउँमा आएपछि स्थानीय नागरिक र राजनीतिक दलका नेताले पूर्णकालीन अस्पताल सञ्चालन र शिक्षण अस्पताल सञ्चालन गर्न माग गरेका थिए। बहुप्रतिक्षित अस्पताल सेवा बिस्तार भएसँगै स्थानीयको गुमेको खुसी फर्किएको छ।
पूर्वको चर्चित र सुन्दर सहर धरान उपमहानगरमा पर्यटकको मुख्य आकर्षण भानु चोकमा अवस्थित घण्टाघर पनि हो तर विगत चार महिनादेखि घण्टाघरको घडी बन्द छ । झट्ट हेर्दा सबैभन्दा पहिला देखिने घण्टाघरको घडीले नै काम नगरेपछि यो फिक्का भएको छ । यहाँ पूर्व–पश्चिम जाने बाटो, बस बिसौनी र बजारीकरण गर्ने स्थान पनि भएकोले यसलाई धरानको मुख्य अङ्ग पनि भन्न सकिन्छ । धरानमा एसियाकै ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चलकै ठूलो क्याम्पस महेन्द्र क्याम्पस, हातीसार क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस छन्, जसले गर्दा विद्यार्थी, अस्पतालमा आउने बिरामी तथा धरानबाट
पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट नौ सदस्यीय विज्ञ टोली पोखरा आइपुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली मङ्गलबार नेपाल आएर बुधबार दुर्घटनास्थल पोखरा पुगेको हो।
राहदानी विभागको सक्रियता दोब्बर गराएर सेवा दिने तयारी सुरु भए पनि जनशक्ति अभावले त्यो सक्रियता अन्योलमा परेको छ । विभागमा देशैभरका सेवाग्राही द्रुत सेवा लिन आउने भएकाले पनि हरेक दिन विभाग परिसर सेवाग्राहीको भीडले तनावयुक्त रहने गरेको छ ।
नेकपा (एमाले) को मधेश प्रदेश अधिवेशन आउँदो चैत महिनामा हुनेभएको छ । बुधबार धनुषाको ढल्केवरमा एमाले मधेश प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश अधिवेशन चैत महिनामा सम्पन्न गर्ने निर्णय गरेको हो ।
गोरखापत्रका पत्रकार राधा चालिसे सम्मानित हुनुभएको छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला तथा त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्री डा. तारानाथ घिमिरेले उहाँलाई गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार, २०७९ बाट सम्मानित गर्नुभयो ।
वरिपरि जङ्गलको रमणीय दृश्य छ । बीचमा सुन्दर प्राकृतिक ताल । ताल परिसरमा बालबालिकादेखि वयस्क रमाउँदै छन् । कैलालीको कोइलही ताल क्षेत्रमा आज देखिएको दृश्य हो, यो ।
सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य प्रतिक्विन्टल २० रुपियाँ बृद्धिगरी ५४० रुपियाँ तोकेको कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो । यस्तै, ७० रुपियाँ किसानका लागि सरकारले ढुवानीका लागि अनुदान पनि दिने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको सो दलको संसदीय दलको बैठकमा सरकारमा जाने या नजाने विषयमा छलफल गर्दा सो निर्णय गरेको सो दलले जनाएको छ ।
नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ ।
सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखका लागि नेकपा (एमाले) का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी देवी न्यौपानेले उम्मेदवारी दिनुभएको जानकारी दिनुभयो ।