• २८ पुस २०८१, आइतबार

बाह्र बिरामीबाट औलो रोगको नमुना सङ्कलन

blog

औलो रोगका बिरामीको नमुना संकलन गरिदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, जेठ १० गते । जिल्लाको दुर्गम बस्ती ताजाकोट गाउँपालिका –३ को मासपुुर गाउँका लक्षणदेखि बाह्र जना बिरामीको औलो रोगको नमुना सङ्कलन गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाबाट मासपुर पुगेको स्वास्थ्यकर्मीको टोलीले औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि नमुना सङ्कलन गरेको हो । 

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले गाउँमा स्वास्थ्य परीक्षण गर्दा औलो रोगसम्म मिल्ने लक्षणका बिरामी देखिएपछि नमुना सङ्कलन गर्ने काम भएको बताउनुभयो । उहाँले सम्भावित औलो रोग हुन सक्ने देखिएपछि नमुना सङ्कलन गर्ने कार्य भएको र त्यसलाई ल्याब परीक्षण गरिने बताउनुभयो । 

ताँजाकोट गाउँपालिकामा बर्सेनि औलोका बिरामी देखिदैआएका छन् । मासपुरवासीको घरदैलो स्वास्थ्य परीक्षण अभियानका क्रममा औलो रोगको नमुना सङ्कलन गरिएको हो । १५६ जना बिरामीको स्वास्थ्य परीक्षण गर्दा बाह्र जनामा औलोको नमुना लिइएको हो । ल्याब परीक्षण गर्ने त्यसको रिपोर्ट चाँडै सार्वजनिक समेत गर्ने उहाँले बताउनुभयो । स्वास्थ्य शाखाले औषधि छर्कने र झुल वितरण गर्ने काम गर्दैआएको छ ।