प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत् राखेको छ ।
उद्योगी व्यवसायीको व्यापक दबाब र विरोधपछि गुणस्तर प्रमाण चिन्हका नाममा भारतले प्लाइउडको निर्यातमा उत्पन्न गरेको अवरोध तत्कालका लागि हटेको छ ।
टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो ।
मनकामना केबलकार आज एक दिनको लागि बन्द हुने भएको छ । मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल शेरचनका अनुसार नियमित मर्मत सम्भारका लागि आज एक दिनको लागि बन्द गर्नु परेको हो ।
अहिले देशभरको मौसम बदली भएको छ । जसकारण काठमाडौ उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरनै देशको पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
ठुलो परिमाणमा भारतमा निकासी हुने गरेको भेनियर पातामा सरकारले प्रोत्साहन गर्नु पर्नेमा निकासी कर अत्यधिक राखेको भन्दै यसलाई घटाउन व्यवसायीले माग गरेका छन् ।
गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
मेरो दिमागमा एउटा योजना जन्मियो । यो उपयोगी योजना थियो । यो योजनालाई हुर्काउन मसँग पर्याप्त समय थियो । हतारिनु थिएन । पुनर्विचार गर्न सकिन्थ्यो । यो उमेरमा पनि मनमा सकारात्मक सोचको ठाउँ पाएकोमा म दङ्ग परेँ । दसैँ वर सरिरहेको थियो । म बरण्डामा बसेर घाम तापिरहेको थिएँ । श्रीमती भान्सामा थिइन् । उनी बाहिर आइन् । “ख्वैै घाम ?” तिनी भन्छिन् ।
पूर्वी मोरङका राष्ट्रिय बन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरू मासिएका छन् । बनसँग आश्रित बाख्रापालक किसानले साना साना बुट्यान हुर्किन नपाउँदै काटेर लान थालेपछि बनमा घाँस प्रजाति वनस्पतिको बीउ नपाक्ने र नयाँ बिरुवा उम्रिन छोडेपछि घाँस प्रजातिका वनस्पति मासिएका हुन् ।
सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ । मङ्गलबार राति १ः३० बजे सुनसरी वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदिको किनारमा पाँच–छ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
जनमत पार्टी पहिलोपटक निर्वाचनमा होमिएको हो । जनमत नयाँ दलका रूपमा संसद्मा प्रवेश गरेको छ । बाहिरबाट हेर्दा र संसदीय प्रक्रियामा प्रवेश गर्दा निकै नै फरक अनुभव महसुस हुँदोरहेछ ।
जलीय स्तनधारी जन्तुहरूमध्ये सङ्कटापन्न आवस्थामा रहेको सोँस (डल्फिन) को सङ्ख्या नेपालका नदीहरूमा कम हुँदै गएको छ । स्वच्छ पानीको जलकुण्डमा पाइने सोँसको सङ्ख्या पछिल्लो समयमा घट्दै गइरहेको सरोकारवाला
अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । मङ्गलबार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उहाँले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिनुभएको हो ।
कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।