नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गर्नुभएको छ।
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाँदै हुनुुहन्छ ।
महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपाललाई सेमिफाइनलसम्म लग्न महत्वपूर्ण योगदान दिएका तीन महिला क्रिकेटरलाई गृहनगर धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले सम्मान गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको म्याद तीन वर्ष बाँकी रहँदा यसको प्रभाव भने बढ्दै गएको छ । सरकारले २०७३ सालमा लागु गरेको सो परियोजना किसानका लागि लोकप्रिय बन्दै गएको छ ।
दैनिक काम नगरे हात र मुख जोड्न धौधौ हुने भएकोले ७९ वर्षीय देउबहादुर थापा दिनहुँ काममा खटिनु हुन्छ। राज्यबाट पाउने सुविधा लिने हो भने उहाँले केही दिन आराम गरेर खान पुग्छ तर उहाँ सुविधा लिन भन्दा काम गर्नमा आनन्द मान्नुहुन्छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ ।
संविधान दिवसको अवसरमा गोरखामा खुलादौड प्रतियोगिता सम्पन्न भएको छ । लियो क्लब अफ गोरखाले ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ बुधबार पाँचौँ खुला दौड प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गर्नुभएको छ ।
छैटौं संस्करणको उर्लाबारी रन २०८० को उपाधि गोरखाका सञ्जय श्रेष्ठले जित्नु भएको छ । सामूदायिक विकास मञ्च उर्लाबारी मोरङले आयोजना गरेको उर्लाबारी रनका लागि तय भएको १० किलोमिटर दुरी श्रेष्ठले ३१ मिनेट ५४ सेकेन्डमा पुरा गरी जित्नु भएको हो ।
अव्यवस्थित तारले नवलपुर बजार कुरुप बन्दैगएको छ । अव्यवस्थित तारका कारण बजार कुरुप र जोखिमपूर्ण बनेको छ । इन्टरनेट सेवा बिस्तारका नाममा बिभिन्न सेवा प्रदायक कम्पनीले अब्यवस्थित रुपमा बिद्युत तथा सोलारका पोलमा जथाभावी तार टाङ्गने काम गरेसँगै नवलपुरका मुख्य चोक तथा बजार कुरुप बन्दैगएको छ ।
सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइएको छ ।
पाँच वर्षअघि बागमती प्रदेश सरकारको सहयोगमा निर्माण सुरु गरिएको १० किलोमिटर लम्बाइको सिन्धुलीगढी–चपौली–मझुवा नागी सडक निर्माणको काम सुस्त बनेको छ ।
नवनियुक्त अर्थसचिव डा कृष्णहरि पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा आठ जनालाई मनोनयन गर्नुभएको छ ।
संविधान निर्माण भए पनि कार्यान्वयनमा सरकारले ध्यान नदिएको सरोकारवालाले गुनासो गरेका छन् । नेपालगन्जका नागरिक अगुवाहरूले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।