नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९औँ मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जित्नु भएको छ । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण जित्नुभएको
दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गर्नुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताउनुभएको छ ।
घरेलु मैदान कीर्तिपुरमा आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
नेकपा एमाले डडेलधुराको अध्यक्षमा गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । भित्री मधेश जोगबुडाको परशुराम नगरपालिका १२ मा रहेको परशुराम रंगशालाम भएको पार्टीको नवौँ अधिवेशनबाट शाहीलाई अध्यक्षमा चयन गर्दै नयाँ कमिटीसमेत सर्वसम्मत रूपमा चयन गरिएको हो ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन गरिएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूको नाम मनोनयन गर्नुभएको हो ।
जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ । यो मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको नभएर उत्सवमा दलिएको हो ।
बाजुराको बुढीगङ्गा नगरपालिका –८ मोटाबाडामा अस्थायी रुपमा बसोबास गर्दै आउनभएकी रङ्गी नेपालीले नागरिकता नपाउँदा सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ ।
सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
पाल्पाबाट यस वर्ष चार हजार १८२ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारी गरेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जनाले एसईई परीक्षा दिने तयारी गरेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । यहाँबाट दोस्रो पटक कोशीटप्पुमा गैँडा स्थानान्तरण गर्न लागिएको हो ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न विशेष परिस्थिति घोषणा गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।