राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न शिक्षकहरूसँग आग्रह गरेको छ ।
गुठीमा रहेको जग्गाको चर्को कर तिर्न बाध्य भएका दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका ८० प्रतिशत नागरिकलाई राहत भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सकारात्मक चक्रमा बद्लन निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभएको छ।
गण्डकी प्रदेश सभा बिहीबारको बैठकले वन विधेयक पारित गरेको छ । मन्त्रिपरिषद्को २४ साउनमा बसेको बैठकले पास गरेको गण्डकी प्रदेशमा वनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सोही दिन प्रदेश सभामा दर्ता भएको थियो ।
संविधान दिवसको अवसर पारेर गोरखाको भिमसेनथापा गाउँपालिकाले पालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा जग्गा प्राप्त गर्ने प्रमाणपत्र वितरण गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आन्दोलनरत शिक्षकको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ । आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा निर्वाचन आयोगले बिहीबार गरेको हो ।
रुकुम पश्चिममा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ निवासी ५७ वर्षीय हृदय गिरीलाई बिहीबार दिउँसो खोलाले बगाएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचारविरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा पैदा हुने बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आज अनुगमन गर्नुभएको छ ।
मधेश तथा ग्रामीण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई बुझाउनुपर्ने भन्दै सामुदायिक सचेतना कार्यक्रम सुरु गरिएको छ ।
नेपाल नेत्रज्योति सङ्घले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।
साविक विजेता भारतले साफ यू–१९ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा बिहीबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हरायो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनबाट प्राप्त हुने प्रलोभनबाट सावधान रहन अनुरोध गरेको छ।
प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् ।