• १३ साउन २०८१, आइतबार

एमाले डडेलधुराको अध्यक्षमा शाही

blog

नेकपा एमाले डडेलधुरा कमिटीको अध्यक्ष पदमा चयन भएका शाही लगायतको टिम । तस्बिर: पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेल्धुरा, चैत ७ गते । नेकपा एमाले डडेलधुराको अध्यक्षमा गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । भित्री मधेश जोगबुडाको परशुराम नगरपालिका १२ मा रहेको परशुराम रंगशालाम भएको पार्टीको नवौँ अधिवेशनबाट शाहीलाई अध्यक्षमा चयन गर्दै नयाँ कमिटीसमेत सर्वसम्मत रूपमा चयन गरिएको हो । 

जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उपसचिव (महिला) मा इन्द्रिरा ताम्राकार, उपसचिव (खुल्ला) मा प्रकाशसिंह बोहरा निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिनुभयो । उहाँका अनुसार लेखा समिति अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन भएका छन् ।

अध्यक्षमा चयन हुनुभएका शाही गन्यापधुरा गाउँपालिका–३ सकायलका निवासी हुन । शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका थिए । त्यसपछि उहाँ जिल्ला सचिव हुँदै २०५९ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको सहसंयोजक र २०६३ मा जिल्ला अध्यक्ष बनेका थिए ।

युवा सङ्घ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उहाँले सोही समयमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हलेका थिए । उहाँ २०६५ मा एमाले डडेलधुराको जिल्ला कमिटी सदस्य भएका थिए । सङ्क्रमण कालिन अवस्थामा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्मालेका शाही यसअघि भने जिल्ला संयोजकको रूपमा थिए ।