नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गर्नुभएको छ ।
सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलन गर्न काठमाडौंमा केन्द्रित भएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो ।
नेकपा माओवादी केन्द्रको तीनमहिने रुपान्तरण अभियान अन्तर्गत श्रमदान गरी विपन्नको घर निर्माण गरिएको छ ।
नेपालगञ्ज विमानस्थलबाट अवैधरुपमा राजधानी लैजान लागिएको ३२ थान मोबाइल सेट सहित चार जना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्नेलगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र रहेका अलपत्र योजनाहरुको ठेक्का सम्झौता तोड्न नसकिने बताउनुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो ।
विश्व शान्तिका लागि देशमा शान्ति कायम गर्ने वातावरण बनाउन धर्ना आयोजना गरिएको शाखाका अध्यक्ष भगवान् पुडासैनीले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा मानव अधिकार तथा शान्ति अभियानमा लागेका पाँच दर्जनभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सहभागीले देशमा शान्ति कायम गराउनका लागि विभिन्न प्ले कार्ड बोकेर आह्वान गरेका थिए ।
सभामुख घिमिरेले बुधबार राति आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट गर्नुभएको हो । भेटमा दुई देशका संसदबीच संसदीय आदानप्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनभयो ।
नेदरल्याण्डका राजा विलेम अलेक्जेण्डरले अर्को आम संसदीय चुनावको करिब दुई महिना अगाडि देशमा गरिबीको वृद्धि रोक्न ध्यानाकर्षण गराउनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्य समितिको बैठकमा मङ्सिर ११, १२ र १३ गते बस्ने महासमिति बैठकको तयारीबारे छलफल हुने जानकारी दिनुभयो ।
नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सङ्घ सरकारमार्फत सञ्चालित योजना र बजेट हस्तान्तरण नहुँदा अस्पताल भवन, सडक पूर्वाधारलगायतका ठूला योजना अलपत्र परेको बताउनुभयो ।
जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९/८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।