श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने कार्यमा कसैबाट हुने असहयोगविरुद्धमा उत्रिन जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै वैदेशिक रोजगारीको बेथितिको अन्त्य गर्ने अभियानमा लागेको छु । पत्रकारको रचनात्मक सहयोगको अपेक्षा गरेको छु ।” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकारसँगको छलफलमा श्रममन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
१. राष्ट्रिय सभा अध्यक्षमा को निर्वाचित हुनुभएको छ ? नारायणप्रसाद दाहाल – विसं २०८० फागुन २९ मा भएको निर्वाचनमा नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित ५६ जनामध्ये ३९ मत परेको थियो भने प्रस्तावको विपक्षमा १७ मत परेको थियो । – दाहालले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबार पुगेर सोही दिन पदभार ग्रहण गर्नुभयो । – उहाँ २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
आयोजना वर्गीकरणका आधार १. वित्त नीति र मौद्रिक नीतिको परिचय दिँदै यी नीतिबिच समन्वय किन आवश्यक छ ? लेख्नुहोस् । अर्थतन्त्रमा वाञ्छित प्रभाव पार्न सरकारले जारी गर्ने नीति वित्त नीति हो । यसले आर्थिक वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय र समष्टिगत आर्थिक स्थायित्वमा जोड दिन्छ । सार्वजनिक खर्च, सार्वजनिक ऋण र कर नीतिको आधारमा सरकारको वित्त नीति तय हुन्छ । सरकारले वार्षिक बजेटका रूपमा प्रस्तुत गर्ने यो नीति संसदबाट अनुमोदन भई जारी हुन्छ ।
उपत्यकामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको धुलो दुध र मखन मौज्दात रहेको छ । बजारमा बिक्री नहुँदा दुग्ध विकास संस्थान (डिडिसी) को काठमाडौँ दुग्ध विकास आयोजना बालाजुमा झन्डै डेढ अर्ब रुपियाँ बराबरको मखन र पाउडर दुध मौज्दात रहेको हो । उपत्यकामा सबैभन्दा ठुलो बिक्री आयोजना बालाजुमा एक अर्ब ३५ करोड पाँच लाख ४६ हजार रुपियाँको सामान मौज्दात रहेको छ । दस लाख १५ हजार ५६५ केजी धुलो दुध र सात लाख ६७ हजार १४४ केजी मखन मौज्दात रहेको आयोजनाले जनाएको छ । मखन प्रतिकेजी ९ सय रुपियाँ बिक्री मूल्य राखिएको छ ।
राजपुर गाउँपालिका–७ निवासी भोजराज खत्री कपास खेती गर्दै आउनुभएको छ । नाका क्षेत्रमा सिँचाइको अभावसँगै जङ्गली जनावारले अन्नबालीमा क्षति गर्ने भएपछि खत्रीले विगत सात/आठ वर्षदेखि दुई बिघाभन्दा बढी जमिनमा कपास खेती गर्दै आउनुभएको छ । अन्नबाली छोडेर कपास खेतीमा लाग्नुभएका खत्रीले राम्रो आम्दानी गर्दै आएको बताउनुहुन्छ । गाउँमा उत्पादन गरेको कपास बिक्रीमा पनि समस्या नहुने र अन्नबालीको तुलनामा आम्दानी पनि राम्रो हुने भएपछि कपास खेती गर्दै आएको बताउनुभयो । खत्रीले भन्नुभयो, “कपास खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पूरै गाउँ नै समूह बनाएर कपास खेतीमा लागेका छौँ, अन्य कृषि बालीभन्दा कपासबाट राम्रो आम्दानी हुने गरेको छ ।”
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ९१ करोडभन्दा बढी रकम लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले क वर्गका वाणिज्य बैङ्कहरूमा एक अर्ब ५२ करोड ८९ लाख, विकास बैङ्कहरूमा २८ करोड ६६ लाख र फाइनान्स कम्पनीहरूमा नौ करोड ५५ लाख रुपियाँ गरी कुल एक अर्ब ९१ करोड १० लाख रुपियाँ लगानी गर्न लागेको छ ।
नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको हो । यो गत आवको सोही महिनासम्मको तुलनामा भने करिब चार प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ४७ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो ।
गृह मन्त्रालयले निजी सुरक्षा प्रयोजनका लागि व्यक्तिगत रूपमा राखेका हतियारको विवरण २४ घण्टाभित्र पठाउन देशभरिका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले इजाजतप्राप्त हतियार राख्न अनुमति दिने निकायसँग विवरण माग गरिएको जानकारी दिनुभयो । सोमबार सर्वोच्च अदालत परिसरबाट इजाजत लिइएको दाबी गरिएका हतियार र गोलीसहित दुई जना पक्राउ परेका थिए । हतियार तथा खरखजना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोही अनुसार मन्त्रालयले हालसम्मको इजाजत प्राप्त हतियारको विवरण पठाउन पत्राचार गरेको हो ।
“बुढी ! अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीको राम्रोसँग ख्याल गर्नू । मेरो भर छैन ।” लालबहादुर घर्तीले रुसबाट श्रीमती भुमालाई अन्तिम पटक भनेको संवाद हो यो । गत माघ २ गते फोनवार्तामा लालबहादुरले ‘एक हप्तामा आउन सके आइहाल्छु, नत्र मेरो लोग्ने जीवित छैन भनेर सम्झनू’ भनेका वाक्य भुमाका कानमा अझैसम्म गुन्जिइरहेको छ ।
नेपाललाई ध्यानको केन्द्र बनाउने उद्देश्यसाथ विराट चक्र विज्ञान सम्मेलन हुनेभएको छ । चैत १७ देखि २३ गतेसम्म हुने सो कार्यक्रममा पाँच हजारको सहभागिता रहने आयोजकको भनाइ छ ।
जिल्लाको रामपुर नगरपालिकाले मुख्य बजार क्षेत्र बाट म्याद नाघेका सामग्री जफत गरेको छ। बजार अनुगमनको क्रममा ५६ हजार बढीको सामाग्री जफत गरी लिई नष्ट गरेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित प्रमुख पर्यटकीयस्थल गोठीकाँडा ।
नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदन गरेको छ।
ताप्लेजुङमा मङ्गलबार छुट्टा–छुट्टै ठाउँमा दुई घरमा आगलागी भएको छ। प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकामा घर आगलागी भएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको खेलमैदान संरक्षण आफैँले गर्ने भएको छ ।