नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार र स्वशासनको अधिकारलाई स्थापित गर्न नेपालको संविधान जारी भएको यो दिन नेपाली जनताका लागि ऐतिहासिक महत्त्वको दिन हो । यो महत्त्वपूर्ण दिवसको अवसरमा सर्वप्रथम नागरिक अधिकार र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात महान् सहिदहरूमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष गर्नुभएका सम्पूर्ण देशप्रेमी योद्धाप्रति उच्च सम्मान प्रकट गर्दछु ।
कुनै पनि मुलुकको आर्थिक अवस्थाको सबलीकरण हुनु समग्र विकासको आधार स्तम्भ हो । नेपाल क्षेत्रफलको हिसाबले सानो भइकन, भौगोलिक विविधताले भरिपूर्ण छ । यहाँ थोरै मेहनत गर्दा धेरै विकासका ढोका खोल्न सकिन्छ । जताततै सम्भावना बाटो नपाएर रोइरहेका छन् । मुलुकको विकास गर्न आज हामीले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनु पर्छ ।
अफ्रिकी मुलुक लिबियामा राजनीतिक सङ्कट समाधान हुन नसकिरहेकै अवस्थामा प्राकृतिक महाविपत्ति आइलागेको छ । समुद्री आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी आउँदा पूर्वी क्षेत्रमा छ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने दस हजार बेपत्ता भएका छन् । ड्यानियल नाम गरेको सो आँधीले समुद्री तटको डर्ना सहर तहसनहस पारेको छ । गत साता सो घटना भएको हो ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि ५९ औँ बाल दिवस ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसरी नै हरेक वर्ष बाल दिवस मनाइँदै आए पनि राज्यले बालबालिकालाई केन्द्रमा राखेर शिक्षा नीति निर्माण गर्न सकेको छैन, उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान गएको देखिँदैन । बालबालिकाको विकास दुई प्रकारले हुन्छ– एउटा शारीरिक विकास र अर्को मानसिक वा आत्मिक विकास । शारीरिक विकासका लागि खानपानको आवश्यकता पर्छ भने आत्मिक वा मानसिक विकासका लागि कला, साहित्य, सङ्गीतको आवश्यकता पर्छ ।
नेपालको संविधान दिवसको अवसरमा लन्डनस्थित नेपाली दूतावासले एक कार्यक्रमसहित राष्ट्रिय दिवस मनाएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ। साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ।
वीरेन्द्रनगर नगरपालिकाले भारतको केरलाबाट प्रतिबिरुवा १० हजार रुपियाँ मूल्य तिरी पाम ट्रीका बिरुवा ल्याएर सडक किनारमा रोपेको छ। सडक विस्तारका क्रममा सडक किनारका रुख काट्नु परेपछि भारतबाट १२ वर्ष उमेरका बिरुवा ल्याएर रोप्नु परेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो।
ताँजाकोट गाउँपालिका–३, मासपुरका बासिन्दाले जग्गा नापजाँच भएको ३० वर्षपछि लालपुर्जा पाएका छन्। दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँकी बिरकला बुढाले जग्गा नापी भएको ३० वर्षपछि लालपुर्जा पाएको बताउनुभयो। यसअघि एक जनाले मात्र लालपुर्जा पाएकोमा अहिले गाउँका २४ घरधुरीले लालपुर्जा प्राप्त गरेका छन्। मालपोत कार्यालयबाट कर्मचारी नजाने र स्थानीय पनि लालपुर्जा लिन सदरमुकाम नआउने हुँदा मासपुरवासी लालपुर्जा पाउनबाट वञ्चित हुँदै आएका थिए। लालपुर्जा वितरण गर्न मालपोत कार्यालयबाट कर्मचारी खटिएका थिए।
गुल्मीको धुर्कोट र इस्मालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै विचित्र गुफा हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। इस्मा गाउँपालिका–६ र धुर्कोट गाउँपालिका–५, बस्तु जोड्ने गरी पुल निर्माण भएपछि बस्तुमा रहेको पर्यटकीय स्थल विचित्र गुफा हेर्न आउनेको सङ्ख्या बढेको हो।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाली हस्तकला वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके सजिलै विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मौलिक कला, संस्कृति र सम्पदाको झल्को विदेशसम्म उपहारका रूपमा पु¥याउन सके नेपाली सिप र कलाको उत्कृष्टताको पहिचान उजागर गरी विदेशी मुद्रा नेपालमा भित्र्याउन सकिने बताउनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।
वैदेशिक रोजगार विभागले जर्मनीमा नेपाली सहायक श्रमिकको माग भएको भन्ने भ्रमपूर्ण सूचना केही दिनदेखि सामाजिक सञ्जालमा लगातार प्रकाशित भएकाले त्यस्ता भ्रमपूर्ण सूचनाको विश्वास नगर्न आग्रह गरेको छ । विभागले सामाजिक सञ्जालमा आएका त्यस्ता सूचनाहरू भ्रमपूर्ण र झुटा भएकाले त्यस्ता सूचनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको हो ।