तीन दिनदेखि हराइरहेका ५० वर्षीय वीरबहादुर विकको शव सशस्त्र प्रहरीको गोताखोरले चैत्र ६ गते ब्रम्हायणी नदीमा फेला पारेको छ ।
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा रहेको एम्बुलेन्स प्रयोगमा विहीन भएको छ । करिब तीन वर्ष अघि प्रदेश सरकारमार्फत प्राप्त उक्त एम्बुलेन्स थन्किएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको अधिवेशनका लागि प्रतिनिधि छनोट बुधबार हुने भएको छ । यही चैत १० र ११ गते एमाले जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनका हुन लागेको हो ।
‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । बैङ्कले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो ।
नेपाल पुलिस क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले राजश्व चुहावट रोक्नका लागि राजश्व प्रशासनको पारदर्शिता आवश्यक रहेको बताउनुभएको छ।
सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रूपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकामा ती बुहारीहरूलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।
बाँकेका पवन जयसवालले ९९ औँ पटक रक्तदान गर्नुभएको छ । उहाँले २०४६ साल असोज ४ गते नेपालगन्ज जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्नुभयो । जयसवाल पेसाले सञ्चारकर्मी हुनुहुन्छ ।
दैलेखको नौमुले गाउँपालिकामा सञ्चालित निःशुल्क दन्त शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् । यही चैत ४ देखि ६ गतेसम्म तीन दिन सञ्चालन भएको शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका हुन् ।
मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् ।
होटल सङ्घ पोखराले चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औँ फेवा नववर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
चौथो बर्दिबास जनजाति महोत्सव सम्पन्न भएको छ । फागुन २४ गतेदेखि सुरु भएको महोत्सवले करोडभन्दा बढीको कारोबार गर्दै मङ्गलबार समापन भएको जनाइएको छ ।
भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आइसिसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।
सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक