• १५ वैशाख २०८१, शनिबार

राजश्वलाई देश निर्माणको आधार बनाउनुपर्छ : गोकुल बाँस्कोटा

blog

मंगलबारको प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटा ।

काठमाडौं, चैत ६ गते। नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले राजश्व चुहावट रोक्नका लागि राजश्व प्रशासनको पारदर्शिता आवश्यक रहेको बताउनुभएको छ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारले प्रक्षेपण गरेको जति राजस्व उठ्न नसकेको बताउनुभयो। उहाँले राजश्वका नाकामा पारदर्शिता नभएको, मुल नाका भन्दा बाहिरबाट सामान आयात निर्यात भएको बताउनुभयो। उहाँले भन्सार तोकिएका वस्तुको मूल्य फरक हुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको उल्लेख गर्नुभयो।

उहाँले राजस्वलाई देश निर्माणको आधार बनाउन आवश्यक रहेको बताउनुभयो।