काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो ।
क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा सांसदले गर्नुभएका प्रश्नको जवाफ दिनुभएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले २३ जना सांसदको प्रश्नको जवाफ दिनुभएको हो।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहनुभएको छ ।
केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिएको नेपालगञ्जको वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले वाटरपार्कमा मोटरबोटको सञ्चालनसँगै आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको बताउनुभयो ।
धनगढी विमानस्थलमा अवतरण लगत्तै प्राविधिक समस्या आएपछि श्री एयरलाइन्सको जहाज ग्राउण्डेड भएको छ।
दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ पर्नुभएको छ । आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आफैँले आक्रमण र आगजनी गरेको अभियोगमा अधिकारी पक्राउ पर्नुभएको हो ।
गाजाको सम्पूर्ण जनसङ्ख्याले ‘गम्भीर स्तरको खाद्य असुरक्षा’ को सामना गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बताउनुभएको छ ।
भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको दोस्रो चरणको एचपिभी खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणको खोप गत भदौ २७ गतेबाट भेरी अस्पतालको खोप केन्द्रमा लगाइएको थियो ।
अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब सात सय जना व्यक्ति अलपत्र परेका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैङ्कले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ ।
नुवाकोटमा परम्परागत कृषि उत्पादनमा ह्रास आएको छ । पछिल्लो समय युवाहरू सहज र सुविधायुक्त जीवनयापनको लालसाले परदेशिने क्रम बढेसँगै ग्रामीण बस्ती उराठ देखिन थालेको छ ।