शिक्षक आन्दोलनको दोस्रो दिन सुरक्षासँग सम्बन्धित भएर गृहमन्त्री सहितको टोलीसँग शिक्षक सङ्गठनका प्रतिनिधिहरूले छलफल गरेका छन् । निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि सरकारले बल प्रयोग गर्ने तयारीसँगै दुर्घटना हुन नदिन र संयमित भएर आन्दोलनका कार्यक्रम अगाडी बढाउन दुवै पक्षबिच छलफल भएको शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले जानकारी दिनुभयो ।
फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना ।
एयरपोर्टमा ऊ उभिएको छ रातो टीका लगाएर
साथी ! ए साथी ! गज्जब भएछ साथी । साथीले समाचार सुनेको हुनुपर्छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ ।
रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो ।
भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ ।
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ ।
नेपालले बायो डाइभर्सिटी बिओण्ड नेशनल जुरिडिक्सन (बिबिएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
मन्त्री साउदले भन्नुभयो, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ ।” बुधबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले उक्त धारणा राख्नुभएको हो ।
सुन्दा पनि अचम्म लाग्छ, स्थानीय तहले थकान बिदा दियो भन्दा । तर काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले असोज ४ गते बिहीबार ‘थकान बिदा’ दिने निर्णय गरेको छ ।
बाबियोका डोरीमा बाँस जोडेर होस् वा काठ तेस्र्याएर खोला वारपार गर्नुपर्ने अवस्था अझै छ । स्विस सरकारको प्राविधिक सहयोगमा नेपालमा सन् १९६० देखि झोलुङ्गे पुल निर्माण विस्तार हुन थालेयता दस हजारको हाराहारीमा झोलुङ्गे पुल निर्माण भएका छन् तर अझै खोला तर्दा मान्छे बगेर मरेका घटना देख्न, सुन्न परेको छ । ग्रामीण क्षेत्रमा भएका पुल पनि काठ कुहिएर ज्यान खस्ने अवस्थामा रहेको देख्न सकिन्छ । तीव्र बेगका ठाडा खोला वारपार गर्ने त्यतिखेरको उच्च प्रविधि उपाय तुइनबा
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार र स्वशासनको अधिकारलाई स्थापित गर्न नेपालको संविधान जारी भएको यो दिन नेपाली जनताका लागि ऐतिहासिक महत्त्वको दिन हो । यो महत्त्वपूर्ण दिवसको अवसरमा सर्वप्रथम नागरिक अधिकार र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात महान् सहिदहरूमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष गर्नुभएका सम्पूर्ण देशप्रेमी योद्धाप्रति उच्च सम्मान प्रकट गर्दछु ।
कुनै पनि मुलुकको आर्थिक अवस्थाको सबलीकरण हुनु समग्र विकासको आधार स्तम्भ हो । नेपाल क्षेत्रफलको हिसाबले सानो भइकन, भौगोलिक विविधताले भरिपूर्ण छ । यहाँ थोरै मेहनत गर्दा धेरै विकासका ढोका खोल्न सकिन्छ । जताततै सम्भावना बाटो नपाएर रोइरहेका छन् । मुलुकको विकास गर्न आज हामीले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनु पर्छ ।
अफ्रिकी मुलुक लिबियामा राजनीतिक सङ्कट समाधान हुन नसकिरहेकै अवस्थामा प्राकृतिक महाविपत्ति आइलागेको छ । समुद्री आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी आउँदा पूर्वी क्षेत्रमा छ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने दस हजार बेपत्ता भएका छन् । ड्यानियल नाम गरेको सो आँधीले समुद्री तटको डर्ना सहर तहसनहस पारेको छ । गत साता सो घटना भएको हो ।