बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा मङ्गलबारदेखि नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।
खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा आगलागीबाट एउटा घर र मतान जलेर नष्ट भएको छ। मंगलबार दिउँसो करिब ३ बजे घरमा आगलागी हुँदा डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको खरको छाना भएको घर र मतान जलेर नष्ट भएका हुन्।
सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा उक्त प्रयास अगाडि बढाउने उल्लेख छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई खेलाडीले भोग्दै आएको समस्या अवगत गराउँदै सात बुँदे सुझाव दिएको छ ।
व्यक्तित्वलाई आकर्षक बनाउन फेसनेबल कपडासँगै ब्यागले पनि सहयोग गर्छ । खास गरी सहरका युवायुवतीले फेसनका रुपमा ब्याग बोक्न थालेका छन् ।
सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने सङ्कल्प लिएको छ ।
मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्नका लागि नीतिगत सुधार गर्ने, समाजमा व्याप्त निराशा चिर्दै भरोसा जगाउने लक्ष्यका साथ सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ ।
सरकारले मुलुकमा दिगो शान्ति स्थापना गर्नका लागि सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुङ्ग्याउन तत्काल कानुनी प्रबन्ध गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणले जनतामा नयाँ आशा जगाउन नसके देश अप्ठ्यारोमा जाने बताउनुभएको छ।
नेशनल एजुकेसन अवार्ड मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई प्रदान गरिएको छ ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद चरणबद्ध रूपमा उधोगतिमा गएको बताउनुभएको छ ।
‘साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनले मङ्गलबार बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा वासिङ्टन अडिग रहेको बताएपछि चीनको उक्त भनाइ आएको हो ।
गुल्मी अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । स्वास्थ्य निर्देशनालय भालुवाङ दाङबाट आउनुभएकी न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले ९१ प्रतिशत अङ्क हासिल गरी लुम्बिनी प्रदेशमै तेस्रो भएको घोषणा गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभाको बैठक गणपूरक सङ्ख्या नपुगेपछि १५ मिनेटका लागि स्थगन भएको छ । अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएको ‘भन्सार विधेयक–२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको हो ।