संविधान दिवसका अवसरमा सरकारले छ सय ७० जना कैदीको बाँकी कैद माफी मिनाहा गरेसँगै बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण नेपालको संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ।
नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा बुधबारदेखि एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप २०२३ सुरु भएको छ ।
समूह ‘बी’ अन्तर्गत चीनको हाङझावमा बुधबार भएको खेलमा नेपाल बलियो टोली इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो ।
गुल्मीको छत्रकोट गाउँपालिकाले कानुन विपरीत विद्यालय बन्द नगर्न अपील गरेको छ।
गण्डकीमा प्रदेश सरकार मातहत रहेका बोर्ड, आयोग, प्रतिष्ठान लगायतको भूमिका र आवश्यकता मूल्याङ्कन गर्न प्रदेश सरकारले कार्यदल गठन गरेको छ।
नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सको आयोजनामा असोज ८ र ९ गते राष्ट्रब्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ ।
कपिलवस्तुमा संविधान दिवस २०८० को अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ।सो अवसरमा कपिलवस्तु अस्पतालका विरामी तथा बाल मन्दिरमा रहेका बालबालिकालाई फलफूल वितरण गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ ।
चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी आसोज ६ गतेदेखि हुने भएको छ ।
सरकारले उपलब्ध गराएको राहत रकम रौतहटको स्थानीय तहले वितरण नगर्दा यहाँका किसान मर्कामा परेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाल कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीमा सङ्घीयता प्रति नै वितृष्णा पैदा भएको बताउनुभयो ।
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नं १४ ले जितेको छ । लैनचौर मैदानमा बुधबार भएको फाइनलमा वडा नं १४ ले वडा नं १३ लाई ३–२ गोलले हरायो ।
गोरखाको गण्डकी गाउँपालिका– ८ को बरफेदीमा समयमै वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । संविधान दिवसको अवसर पारेर आफ्नै भवनबाट गाउँपालिकाले सेवा सुचारु गरेको हो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले कुनैपनि बहानामा विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।