पोखरा महानगरपालिका–१५ मा १२ मिटर लम्बाइको पक्की पुलको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ठुली मजुवास्थित संरचना टोल र सुनौलो मार्गलाई जोड्ने उक्त पुलको सोमबार शिलान्यास गर्नुभएको हो । प्रमुख आचार्यले यस पुलको निर्माणले स्थानीयको जनजीवनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुलका लागि आवश्यक बजेटको व्यवस्थापन गरेर मात्रै टेन्डर आह्वान गरेकाले ढुक्कसँग काम गर्न र सकेसम्म तोकिएको मिति अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । प्रमुख आचार्यले भन्नुभयो, “पैसा नभएका कारणले काम रोकिँदैन, जसरी हुन्छ समयमा काम सक्नुहोला ।”
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबासीका लागि जग्गा धनीपुर्जा वितरण कार्यक्रम आयोजना गर्यो । आयोगले करिब एक सय जग्गा धनीपुर्जा वितरणको तयारी गरे पनि राजस्व बढी भएको भन्दै १५ जना अव्यवस्थित बसोबासीले मात्रै राजस्व बुझाएर जग्गाधनी लालपुर्जा लिएका छन् ।
सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि विशेष कारणवश २ बजेका लागि सारिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२, सुर्किमारे टोलमा एक घर एक धारा निर्माण गरिएको छ । चौरजहारी नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सुर्किमारेका ५४ वटा घरमा खानेपानीको सुविधा पु¥याइएको छ । स्थानीय लक्ष्मी ओली डाँगीले घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको बताउनुभयो । उहाँका अनुसार खानेपानी ल्याउनका लागि बिहानै गाग्री बोकेर मूलसम्म जानुपर्ने बाध्यता हटेको छ । पशु चौपायालाई खोलासम्मै लिएर पानी खुवाउनुपर्ने अवस्था थियो । मान्छेका लागि बोकेर ल्याउन करिब एक घण्टा लाग्थ्यो । अब त घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको छ ।
कर्णाली प्रदेश सरकारको ‘मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम’ पछिल्ला वर्षमा अलपत्र परेको छ । लक्षित वर्ग र समुदायसम्म कार्यक्रम पुग्न नसकेपछि बजेट विनियोजनसमेत हुन छाडेकाले कार्यक्रम थप अन्योल बनेको छ । कर्णाली प्रदेशमा आर्थिक तथा सामाजिक रूपले विपन्न अवस्थामा रहेका दलित समुदायको उन्नतिका लागि सुरु गरिएको सो कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । दलित समुदायका नागरिकको व्यावसायिक ज्ञान, सिप र क्षमतामा वृद्धि गर्न सिप विकास, सामग्री तथा पूर्वाधार निर्माण र वित्तीय पहुँचमा सहयोग गरी गरिबी निवारण गर्ने सरकारको लक्ष्य रहेको थियो । सरकारको लक्ष्य आकर्षक भए पनि कार्यान्वयनको तहमा असफल सिद्ध भएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको नेपाली सेनाको कालीजङ्ग गणले जिल्लाभित्र रहेका नेपाली सेनाका भूतपूर्व सैनिकको सम्मेलनको आयोजना गरेको छ । कालीजङ्गका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले नेपाली सेनाबाट
साबिकका दहचौर, गुमी, घुमखहरे, मेहेलकुना, सहारे, मालारानी र धारापानी गाउँ विकास समितिको भूगोल समेटेर विसं २०७३ सालमा गुर्भाकोट नगरपालिका घोषणा गरिएको हो । गुर्भाकोटमा खेतीयोग्य जमिन प्रशस्त भए पनि सिँचाइको पर्याप्त सुविधा छैन । गुर्भाकोट नजिकै भेरी नदी बगे पनि किसानले त्यसको लाभ लिन सकेको पाइन्न । आकाशे पानीको भरमा खेती गर्नुपर्ने यहाँका बासिन्दा जीविकोपार्जनका लागि व्यवसाय, कृषि, पशुपालन, ज्याला मजदुरी र वैदेशिक रोजगारीमा गएको पाइन्छ । गुर्भाकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट हस्त पुन हुनुहुन्छ । पालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित पुन अघिल्लो कार्यकालका विकास निर्माण र योजनाका कतिपय कार्यलाई जारी नै राखेको बताउनुहुन्छ । प्रस्तुत छ, प्रमुख पुनसँग गोरखापत्रका छिन्चु समाचारदाता नवीन सुवेदीले गर्नुभएको कुराकानी :
हातमा सिप र मनमा लगनशीलता भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ; मोरङको उर्लाबारी–८, आमबारी बजारका टङ्कबहादुर श्रेष्ठ । श्रेष्ठ ३० वर्षयता निरन्तर सिलाइ पेसामा हुनुहुन्छ । गरिब प
सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उहाँको असमयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
नवलपुरमा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई गुणाले विस्तार भएको छ । केही वर्षअघिसम्म पाखापखेरामा सीमित रहेको नवलपुरको पहाडी भेगमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् । यहाँका ९९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् । यहाँको पाखापखेरामा अहिले सुन्तला जातका फलफूल लटरम्म फल लागेका छन्, त कहीँ फूल फुलिरहेका छन् । जिल्लामा आर्थिक वर्ष २०७५/७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना (सुन्तला जात फलफूल जोन ) लागु भएपछि यहाँका पाखापखेरामा सुन्तला, कागती, निबुवा र मौसमका बोट देख्न सकिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनीलकुमार
विश्वमा पर्यटन उद्योगमार्फत सम्पन्न बनेका मुलुक धेरै छन् । कतिपय मुलुक प्राकृतिक रूपमै अनुपम सौन्दर्यले भरिएका छन् भने कतिपय मुलुक त मानव निर्मित आकर्षक संरचनाकै भरमा पनि विश्वभरका पर्यटक तान्न सफल भएका छन् । विदेशी मुद्रा आर्जनको महत्वपूर्ण क्षेत्र भएका कारण पर्यटकलाई आकर्षित गर्न र उनीहरूको बसाइ अवधि लम्ब्याउन सेवासुविधा उपलब्ध गराउन सकियो भने मात्र यस उद्योगका माध्यमबाट समुन्नतिको यात्रा तय गर्न सकिन्छ भन्ने बोध हुँदाहुँदै पनि विविध कारणले हामी पछि परिरहेका छौँ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको विकास गर्न नसक्दा उद्देश्य अनुरूपको सफलता
सर्वसाधारणसँग रहेको बचत रकम निक्षेपका रूपमा सङ्कलन गरी व्यक्तिगत खर्च तथा लगानीका लागि आवश्यक पर्ने पक्षलाई कर्जाका रूपमा रकम उपलब्ध गराइन्छ । निक्षेपकर्ताको रकम नासोका रूपमा जिम्मा लिएर भुक्तानी माग गरेका बखत फिर्ता दिने सर्तमा स्वीकार गरेको रकमलाई सुरक्षित लगानी गरी असुल गरेर हिसाब चुस्तदुरुस्त राख्नुपर्ने काम त्यति सहज होइन । यो संवेदशील तथा जोखिमयुक्त काम हो । कसैले कर्जास्वरूप लिएको रकम असुलउपर हुन सकेन भने वित्तीय संस्था जवाफदेही हुनुपर्ने हुन्छ
तनहुँको व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा नेपाली युवाको उच्च आकर्षण रहे पनि यो क्षेत्र उत्तिकै समस्याग्रस्त छ । आप्रवासनको बढ्दो क्रम सँगसँगै अनेक चुनौती थपिँदै गएका छन् । विश्वका १११ मुलुकमा श्रम स्वीकृति दिइए पनि एकाधबाहेक अन्य मुलुकमा कामदारले पाउनुपर्ने न्यूनतम पारिश्रमिक निर्धारण हुन नसक्दा रोजगारदाताले सक्दो कम पारिश्रमिकमा नेपाली कामदरालाई काम गराइरहेका छन् । श्रम स्वीकृति दिइएका मुलुकमा श्रमिकलाई पठाउन लाग्ने अधिकतम लागत र सोबापत इजाजतवालाले लिन पाउने कमिसन पनि निर्धारण हुन नसक्दा इजाजतवाला संस्थाले श्रमिकबाट मनलाग्दो रकम असुलउपर गरिरहेका छन् ।
सडकमा परेको खाल्टाखुल्टीका कारण सहज यात्राका लागि जोखिमपूर्ण बनेको सडक बनाएपछि पाल्पाको रानी महल जाने सडक सञ्चालनमा आएको छ । ४८ दिन सडक बन्द गरेर सडक मर्मत सुधार गरेपछि तानसेन–रानी महल सडक सञ्चालनमा आएको हो । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रानी महल जाने बाटो लुम्बिनी प्रदेश सरकारको लगानीमा मर्मत सुधार गरिएको हो ।