उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिम्स्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै सोमबार मन्त्रीपरिषद् पुर्नगठन गर्नुभएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लब आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका-९ र ५ जोड्ने रजैया दरदरा मोटरेवल पुलको शिलान्यास गरिएको छ । आज एक समारोहबिच बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले पुलको शिलान्यास गर्नुभएको हो ।
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनुवामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमा लगाउमा राखी पेस गर्न आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता भएका छन् । सोमबार निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।
पुतलीबजार नगरपालिकाले नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखाको कार्यालय व्यवस्थापनका लागि कम्प्युटर सहयोग गरेको छ ।
बलियो प्रतिद्वन्द्वी लिभरपुललाई उसैको मैदानमा अतिरिक्त समयमा ४–३ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पत्रकार महिलाले महिलासहित पत्रकार महिलाको अधिकार कहीँबाट पनि हनन् हुन नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरूले सो कुरा बताउनुभएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) ले आरबीबीएल ईशान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका-५ धौवादीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ ।