कर्णाली प्रदेशका ७९ पालिकामध्ये नौ वटा पालिका केन्द्र सडक पहुँचमा छैनन् । राष्ट्रिय राजमार्गबाट १७४ किलोमिटर ट्र्याक खोल्ने हो भने नौ वटा पालिकाले सडक पहुँच प्राप्त गर्ने छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेशमा स्थानीय, क्षेत्रीय र प्रदेशस्तरीय गरी दुई हजार ४२४.११ किलोमिटर कच्ची सडक रहेको छ । सोमध्ये २१६.२८ किलोमिटर नालासहित सडक स्तरोन्नति गरिएको छ । प्रदेशका १० जिल्लामा ४३४.०१ किलोमिटर सडक ग्राभेल र ७८.९ किलोमिटर कालोपत्रे गरिएको छ । ५७ वटा पालिका केन्द्रका सडक कालोपत्रे गर्न बाँकी छ । कम्तीमा पनि ७७१ किलोमिटर सडकको स्तरोन्नति गरिहाल्नुपर्ने अवस्थामा रहेको बताइन्छ । डोल्पा जिल्लाका पाँच, कालीकोटका तीन र मुगु जिल्लाको एउटा पालिकामा सडक पुगेको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार डोल्पाका मुड्केज्युला, काइके, छार्कातोङसोङ, से फोक्सुन्डो र डोल्पो बुद्ध गाउँपालिकामा सडक पहुँच पुगेको छैन ।
उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
आर्थिक वर्ष २०७९/८० मा बाँके जिल्ला अदालतमा तीन हजार ७८९ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आव २०७८/७९ बाट तीन हजार १५६ वटा मुद्दा जिम्मेवारीमा आएका थिए । गत आवमा कुल छ हजार ९४५ मुद्दामध्ये तीन हजार ७१५ वटा मुद्दाको टुङ्गो लागेको छ । तीन हजार २३० वटा मुद्दाको जिम्मेवारी चालु आवका लागि सरेको अदालतको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ । अदालतमा विशेष गरी पारिवारिक विवाद अन्तर्गत सम्बन्धविच्छेद, अंशबन्डा, खाना खर्चसम्बन्धीका मुद्दा वार्षिक रूपमा बढी दर्ता हुने गरेको बाँके जिल्ला अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिनुभयो ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान सभाबाट जारी नेपालको संविधानले नेपालको समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको बताउनुभएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्डको निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्यो। तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले काम गरिसकेको छैन । यसले गर्दा पश्चिमबाट पूर्वतर्फ आउने र जाने यात्रुले निकै कष्ट बेहोर्नु परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
संविधान यस्तो लिपि जहाँ जनताले आफूहरूले इच्छाएको सामूहिक नियतिलाई अक्षरमा कोर्दछन् । उनीहरूले आफू को हुन्, के बन्न चाहन्छन् र त्यो बाटोमा हिँड्दा वा अन्तर्क्रिया गर्दा उनीहरूलाई दिशानिर्देश गर्ने सिद्धान्तहरू उल्लेख गर्दछन् ।
तनहुँमा एक महिला उद्यमीले उत्पादन गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) ग्राहक बारीमै आएर टिपेर लैजाने गरेका छन्। व्यास नगरपालिका–५, ढोडेनीमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँको अध्यक्ष कल्पना गौलीले लगाएको ड्र्यागन फ्रुट किन्न ग्राहक बारीमै पुग्छन्।
पूर्वी नवलपरासी कावासोतीका माझी, मुसहर र बोटे समुदायका मानिस वैकल्पिक पेसातर्फ उन्मुख हुन् थालेका छन्। सन्तबहादुर माझीले माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्न थालेको बताउनुभयो। अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारीमा र कतिपय सिकर्मी डकर्मी पेसातर्फ उन्मुख भएका छन्। कावासोती–७ साँढको मुसहर बस्तीका १८ घर मुसहर परिवार माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेको छ। नदीमा माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायलाई वैकल्पिक पेसातर्फ उन्मुख गराउन सामाजिक संस्थाको उल्लेखनीय भूमिका रहेको छ।
बझाङ जिल्लाको तत्कालीन सदरमुकाम चैनपुर अहिले जयपृथ्वी नगरपालिका भएको छ । मानवतावादी राजा तथा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको जन्मस्थल रहेको यस पालिकाको नामकरण राजा जयपृथ्वीको नामबाट गरिएको हो । बझाङ राज्यको इतिहाससँग जोडिएको यो नगरपालिका ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । नगरपालिकाको केन्द्र भाग हुँदै घुमाउरो फन्को मारेर सेती नदीसमेत बगेको छ । साबिकको सुबेडा, रिठापाटा, चैनपुर, लुयाटा, हेमन्तवाडा र
कैलालीका राजनीतिकर्मी गणेश ढकालको कृषिप्रति मोह बढेको छ । लम्कीचुहा नगरपालिका–१ निवासी ढकालले राजनीतिसँगै कृषि पेसामा सक्रियता बढाउदै आउनुभएको छ । उहाँले लम्कीमै ड्र्यागन फ्रुट खेती गरिरहनुभएको छ । आफ्नै पाँच कट्ठा जमिनमा रोपेको ड्र्यागन अहिले लटरम्म फलेको छ । “अहिलेसम्म आठौँ लट ड्र्यागन टिपेर बिक्री गरिसकेँ,” उहाँले भन्नुभयो, “राजनीतिकर्मी भए पनि म भाषण गर्दैन, काम गर्छु ।” ढकाल नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) एवं सोही पार्टीको उत्पादन विभागका केन्द्रीय सदस्य हुनुहुन्छ । मुलुकमा समाजवाद ल्याउनका लागि अबको क्रान्ति उत्पादन हुनुपर्ने आफ्नो पार्टीको जोडले उहाँलाई ड्र्यागन फ्रुटको काँडा र हिलोमाटोसँग खेल्ने बनायो ।
नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधान सभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ ।
बाजुराको बुढीगङ्गा नदीमा चालु आर्थिक वर्षमा दुई वटा पक्की पुल निर्माण हुने भएपछि त्रिवेणी नगरपालिकाका स्थानीय खुसी भएका छन् । बुढीगङ्गा नदीमा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको थियो । बर्खाको समय दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आएका स्थानीय नगरवासीले पुल निर्माण भएमा धेरै कुराको सहज हुने बताएका छन् । त्रिवेणी नगरपालिका –८, रत्न माविका शिक्षक मानबहादुर ऐडीले भन्नुभयो, “हिउँदमा गाडी गुड्ने गाउँबस्ती बर्खाको समय सुनसान हुन्छन् ।” पुलको अभावमा यातायातका साधन बुढीगङ्गा नगरपालिका–६ को बाम्कामै रोकिने गरेका छन् । पुल निर्माण हुन लागेपछि बल्ल यहाँका स्थानीयको मुहारमा खुसी आएको त्रिवेणी नगरपालिका–८ का वडाध्यक्ष गगनजङ्ग बुढाले बताउनुभयो ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताउनुभएको छ । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उहाँले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पार्नुभएको हो ।
नेपालको संवैधानिक इतिहासमा पहिलो पटक जननिर्वाचित संविधान सभाको अत्यधिक बहुमतबाट पारित संविधान विक्रम संवत् २०७२ असोज ३ गते संविधान सभामा राष्ट्रपतिबाट जारी भएको घोषणा भयो । तत्क्षणबाट कार्यान्वयनमा गएको नेपालको संविधान २०७२ ले सदियौँको राजतन्त्र विधिवत् अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । यसले शासकीय प्रणाली मात्र अन्त्य गरेन, एकै पटक सामन्तवादी संरचनाका सांस्कृतिक र आर्थिक प्रणाली कुप्रचलन भत्काए