संविधान देशको मूल कानुन हो । यो कानुन छिटो छिटो जारी हुने दस्ताबेज होइन तर नेपालको संवैधानिक इतिहास हेर्दा छिटो छिटो संविधान जारी भएको देखिन्छ । नेपालको सात दशक लामो संवैधानिक इतिहास हेर्दा सात वटा संविधान जारी हुन पुगे । फरक दर्शनलाई प्रतिनिधित्व गर्दै जारी भएका ती संविधानमध्ये नेपालको संविधानले आठवर्षे यात्रा पार गरिसकेको छ । नेपाल सरकारको वैधानिक कानुन, २००४ तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले जारी गरेका थिए । राणाविरोधी आन्दोलन थामथुम पारी जहानियाँ शासनको निरन्तरताको उद्देश्यले यो संविधा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन सम्पन्न भएका जलविद्युत् आयोजनामा लगानीको समस्या नहुने बताउनुभएको छ । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) सँगको भेटमा उहाँले १० वर्षमा २० हजार मेगावाटका आयोजनामा लगानी सिर्जना गर्न सहज नै हुने बताउनुभएको हो ।
काठमाडौँ महानगरले चालु आर्थिक वर्षको दुई महिना (साउन–भदौ) मा सवा एक अर्ब राजस्व सङ्कलन गरेको छ । महानगरले विभिन्न शीर्षकमा गरेर एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । अघिल्लो वर्ष सो अवधिमा ९३ करोड ४१ लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार मङ्गलबार अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपियाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च बिन्दु हो । यस्तै अमेरिकी डलरको खरिद मूल्य पनि १३२ रुपियाँ ९४ पैसा रहेको छ ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताउनुभएको छ ।
आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो दुई महिनामा २५ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको पहिलो दुई महिना (साउन–भदौ) मा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या एक लाख ४० हजार रहेकामा चालु आवको सो अवधिमा यो सङ्ख्या एक लाख पाँच हजारमा झरेको छ । जुन सङ्ख्या प्रतिशतका आधारमा हेर्दा गत वर्षको तुलनामा यो वर्ष करिब २५ प्रतिशत कम हुन आउँछ ।
सङ्घीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गरी कानुनी रिक्तता पूरा गर्दै संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘डिएसए स्टार २०२३ सिजन–११’ मा विधागत रूपमा विभिन्न विजेता चुनिएका छन् । नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा ‘मिनी डिएसए डान्सिङ स्टार’ को उपाधि अर्पण पोखरेलले जित्दा तिम्बना अधिकारी फस्र्ट रनरअप र अरियाना कुमाल सेकेन्ड रनरअप बन्नुभयो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गर्नुभएको छ ।