चलचित्र ‘कौसिद’ को ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेतृ ऋचा शर्मा र भोलाराज सापकोटा अभिनीत चलचित्र असोज २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कुमार भाष्कर निर्देशित चलचित्रलाई केदार भुसालले निर्माण गर्नुभएको हो । चलचित्रमा ऋचा र भोलासँगै, रूपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराईलगायतको अभिनय रहेको छ । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइको कथालाई चलचित्रको ट्रेलरमा देखाइएको छ ।
संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
नेपाली सेनाको योगदान समेटिएको नयाँ गीत राष्ट्रिय एकताको प्रतीक ‘वीर नेपाली सेना’ सार्वजनिक गरिएको छ । जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा मङ्गलबार आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले छायाचित्रसहितको गीत विमोचन गर्नुभयो । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको शब्द रहेको गीतमा सुवास तिमिल्सिना र गीता पाण्डेको आवाज रहेको छ । गीतमा नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानबारे चर्चा गरिएको छ ।
अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९६ औँ संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटाद्वारा निर्देशित चलचित्र ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त चलचित्रमध्येबाट ‘हल्कारा’ लाई सिफारिस गरेको हो ।
न्याय परिषद्ले जिल्ला अदालतमा रिक्तमध्ये ३६ न्यायाधीशको पदपूर्ति गरेको छ । परिषद्को सोमबारको बैठकले नियुक्ति र पदस्थापन गरेको हो । कार्यक्षमता, ज्येष्ठता र वरिष्ठताका आधारमा सात, खुला प्रतिस्पर्धाबाट एक र खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पूरा हुन नसकेका बाँकी पदमा पनि परिषद्ले नियुक्ति एवं पदस्थापन गरेको हो ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सार्वजनिक विद्यालयका शिक्षकहरू आफ्ना मागबारे सरकारलाई जानकारी नै नगराई आन्दोलनमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उहाँले सडक आन्दोलन गरेर मात्रै माग पूरा नहुने भएकाले वार्ता र छलफलमा आउन शिक्षकलाई अनुरोध गर्नुभयो । शिक्षकका माग सम्बोधन गर्नकै लागि विगतमा मन्त्रीपरिषद्ले पारित गरिसकेको विधेयकमाथि थप एक महिना छलफल गरेर सरोकारवालाको सहमतिमा टु्ङ्ग्याएको बताउँदै उहाँले भन्नुभयो,
अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन जमघट मात्र रहेको पाइएको छ । ‘रेन्बो फेमिली’ तथा ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत विभिन्न देशका नागरिक अछाम पुगेका छन् । अझै कतिपयको आउने क्रम जारी छ भने केही रोकिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।
पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनले तिरिङ्गेलाई पराजित ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ। ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो।
नेपाल राष्ट्रिय बास्केटबल लिग यसै महिना हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ देखि असोज २७ गतेसम्म सञ्चालन हुने लिगको तयारी अन्तिम चरणमा पुगेको नेपाल बास्केटबल सङ्घले जनाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच रक्षा मन्त्रालय, सिंहदरबारमा मंगलबार शिष्टाचार भेट भएको छ ।
नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा बुधबारदेखि एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप - २०२३ हुने भएको छ ।
संविधान दिवसको अवसर पारेर चलचित्र विकास बोर्ड द्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाकारहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ । उहाँले दश जना चलचित्रकर्मी र एक समितिलाई सम्मान गर्नु भएको हो ।