नेपाल आयल निगम र नेपाल इन्भेष्टमेन्ट मेगा बैँक (एनआईएमबी) आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ।
नेपाल ट्रायथलन सङ्घले आइतबार गण्डकी प्रदेस ट्रायथलन सङ्घ र कास्की जिल्ला ट्रायथलन सङ्घसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस पार्टी परिवर्तन आवश्यक भएको बताउनुभएको छ। रामेछाप जिल्लामा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी सञ्चालनको शैली समयानुकुल बनाउनुपर्ने धारणा राख्नुभएको हो।
प्रकाशकुमार कुसारीको अध्यक्षतामा नेपाल कुस्ती सङ्घको नयाँ नेतृत्व चयन भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी इन्सिपेक्टर पोषण थापाले सामुदायिक वनमा आगलागी हुदा जलेर घाईते भएककी किशोरीको मृत्यु भएको जानकारी दिनुभयो ।
गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्नेगरी बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजारको सहभागितामा विराट चक्रविज्ञान कार्यक्रम हुने भएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै एक दलको बहुमत नहुँदा देशको विकास नभइ समस्यामा परेको बताउनुभएको छ । बरहथवामा आइतबार एमाले सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाविरुद्ध एक करोड ६१ लाख २० हजार चार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने वा निरन्तरता पाउने अनिश्चित रहेको बेला सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित डेउडा संस्कृति संरक्षणका लागि प्रदेश सरकारले ऐन बनाउनु पर्ने माग संस्कृतिका चिन्तकले गर्नुभएको छ ।
मिथिलामा आइतबारबाट होली पर्व सुरु भएको छ। मिथिलाका महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिक परिक्रमाका सहभागी महोत्तरीको कञ्चनवनमा आएर स्थान गरी रङ अबिर खेलेपछि मिथिलामा विधिवत रुपमा होली पर्व सुरु भएको हो।
अन्धाअन्धी दह पितृभक्त श्रवण कुमारका दृष्टिविहीन वृद्ध बावुआमाको आँशुले बनेको तालमा धार्मिक पर्यटकहरुको गन्तव्यको रुपमा विकास हुँदैगएको छ ।
मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी आदान प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा पहिलो पटक सर्जनको सम्मेलन आयोजना गरिएको छ ।
धनगढी उपमहानगरपालिकामा आइतबार जग्गा कारोबारीले लगाएको ताला नगर प्रहरीले तोडेको छ।