नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औँ एसियाली खेलकुद (एसियाड) मा खराब सुरुवात गरेको छ । चीनको हाङझावमा बुधबार भएको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित भयो ।
सर्पदंशबाट बाँसगढी नगरपालिका-३ उत्तरभकारी बर्दियाका ५ वर्षीय बालक जय थारुको मृत्यु भएको छ । गोमन सर्पको टोकाइबाट ती बालकको मंगलबार मृत्यु भएको हो ।
धनुषाको मिथिलाबिहारी नगरपालिका–९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयका शिक्षिका निलम कुमारी यादवलाई नक्कली नियुक्ति पत्र बनाएको आरोप लागेको छ ।
गण्डकी प्रदेश सांसद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दुप्रसाद न्यौपानेले नागरिकको अधिकार खोसिन नदिन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरू चुकेको बताउनुभएको छ ।
पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सम्पूर्ण तयारी पूरा गरेको छ ।
झापाको काँकडभिट्टा नाकाबाट तीन बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाइफकाइ भारत लैजाँदै गरेका ती बालकलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी नेपालमा सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो ।
बागमती प्रदेश सरकारले शिक्षा दिवस २०८० को अवसरमा प्रदेशभरका आठ उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरेको छ ।
महेन्द्ररत्न क्याम्पसले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा सहभागी हुने आफ्ना तीन विद्यार्थी खेलाडीलाई मंगलबार एक कार्यक्रमबिच बिदाइ गरेको छ ।
लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रूपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ ।
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १३ र वडा नं १४ बिच हुने भएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकूल नहुने गरी संसदमा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध एक लाख ९० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा मङ्गलबार दिउँसो दुई तोला बराबरको सुनको लकेटसहितको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जापानमा वैदेशिक रोजगारीमा पठाउने भनी दुई लाख ७० हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका ४५ वर्षीय राजकुमार गुरुङ र २८ वर्षीय उदय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।