भौतिक पूर्वाधारको क्षेत्रका रुपमा रहँदै आएको मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले अब भने प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रुपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ ।
नापी कार्यालय लहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जङ्गलको पूर्वपट्टिको छेउमा सुन्दर बगैँचासहितको बाटिका छ ।
आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ ।
बाजुराका अधिकांश भेडीगोठ यतिबेला बेँसी झर्न थालेका छन् ।
विश्व सम्पदा समितिले आइतबार प्यालेस्टाइनको सम्पदा क्षेत्रलाई पनि राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा समावेश गरेको छ ।
नेपालगञ्ज बसपार्कमा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सिद्धार्थ बैङ्कको सहयोग र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सको संरक्षण र व्यवस्थापनमा बसपार्क गेटमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंहले स्व. नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
धादिङको गजुरी गाउँपालिका-२ मलेखुमा एसिड प्रहारबाट दुई जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले आफूहरू अपाङ्गता भएका व्यक्तिका हितका लागि आवाज उठाउने प्रतिबद्धता गरेका छन् ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले आफ्नो पालिकाभित्रका एच आई भी सङ्क्रमितहरुको पहिचान गरेर उनीहरुको जिविकोपार्जनमा सहयोग गर्ने भएको छ ।
भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ ।
कोदो खेती राम्रो हुने हिमाली जिल्लामा पहिलो पटक कोदो महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवस अर्थात् आगामी असोज १५ गते हिमाली जिल्लाको अर्ग्यानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो ।
सुर्खेत विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले एक हजार २५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरण हुन सक्दैनन् ।