काठमाडौँ, चैत ४ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गर्नु भएको छ ।आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।”प्रधानमन्त्री दाहालले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई–मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।”गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उहाँले बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुङ्ग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।”केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशको राजनीति सही बाटोमा आएको छ ।” रासस
भोजपुरको हतुवागढी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको मृत्यु भएको हो ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको राम्चे गाउँ पहिरोको उच्च जोखिममा परेको छ । गाउँनजिकै बर्सेनि ठुलो पहिरो जान थालेपछि अहिले डाँडो नै खस्ने खतरा बढेको छ । हुप्सेकोट गाउँपालिका–५ को राम्चे गाउँ केरुङ्गा खोलाको सिरानमा रहेको र नजिकको पहाड २०३८ सालदेखि निरन्तर पहिरोले उच्च जोखिममा पर्दै आएको छ । यस पहाडमा हिउँदमा पनि सुक्खा पहिरो खसिरहने भएकाले गाउँ नै बगाउने चिन्ताले स्थानीय हारगुहार गरिरहेको वडा नं. ५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताउनुभयो । सोही पहिरोको त्रासले केहीले गाउँ नै छाडेका छन् भने आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै दैनिकी कटाइरहेको वडाध्यक्ष रानामगर बताउनुहुन्छ । गाउँका स्थानीय समाजसेवी आशबहादुर चितौरेमगर भन्नुहुन्छ, “सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ । ठुलो पहिरोले कति बेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा ५० घरधुरीका बासिन्दाले दैनिकी कटाइरहेका छन् ।” उहाँका अनुसार पहिरोकै कारण कच्ची सडक पनि भत्किने जोखिममा छ । एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ । पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको स्थानीय हरि मगरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिरो रोक्नै नसक्ने खालको छ, बजेट मात्रै सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनु प¥यो ।”
म्याग्दीका राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले सडक, पर्यटन पूर्वाधार, खेलकुद खानेपानीलगायत जिल्लाको विकासका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन् । गण्डकी प्रदेश र सङ्घीय सरकारले तयार गर्न लागेको आयोजना बैङ्कमा समावेश गर्न जिल्लाका योजनालाई गौरवको योजनाका रूपमा मुख्य प्राथमिकतामा राखी बजेट विनियोजनको व्यवस्था मिलाउनसमेत सङ्घ र प्रदेश सरकारलाई राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले अनुरोध गरेका छन् ।
अपाङ्गता भएका व्यक्तिले कानुन अनुसारको सेवा, सुविधा र अवसर नपाएको भन्दै तनहुँका एक व्यक्तिद्वारा आन्दोलनको घोषणा गर्नुभएको छ । म्याग्दे गाउँपालिका–७ का ४६ वर्षीय शारीरिक अपाङ्गता हुनुभएका दीपक भण्डारीले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गर्नुभएको हो ।
जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् ।
इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो ।
नेपालमै सबैभन्दा बढी ३४ प्रतिशत गरिबी झेलिरहेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको दुष्प्रभाव फैलिएको छ । यहाँको ३४ प्रतिशत जनसङ्ख्याले न्यूनतम मापदण्ड अनुसार खान, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलापमा पहुँच पुग्न नसकेको बेला दक्ष जनशक्ति मानिएका युवा भने लागुऔषधको दुष्प्रभावमा फस्न थालेका छन् । सुदूरपश्चिममा २०८० सालको साउनदेखि फागुन महिनाम्म ९१ किलो गाँजा, ७३ किलो चरेस र तीन किलो हेरोइनसहित प्रहरीले ४७५ जनालाई युवालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा नाबालकसमेत छन् । पक्राउ परेका मध्ये प्रहरीले ३०५ जनामाथि मुद्दा चलाएको छ । उमेर नपुगेका केहीलाई प्रहरीको आसरा सुधार केन्द्रमा राखिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, सन्तनगरमा रहेका सुकुमवासी परिवारका लागि सुरक्षित आवास निर्माणको काम सुरु भएको छ । गणेशमान चारनाथ नगरपालिका, ह्याबिट्याट फर नेपाल र सामुदायिक सुधार केन्द्र धनुषाले सन्तनगरमा रहेका ३६ सुकुमवासी परिवारका लागि सुरक्षित आवास निर्माण सुरु गरेको हो ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको सुरु गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्जको अगुवाइमा खप्तड घुम्न आउने पर्यटकलगायतलाई निकुञ्ज क्षेत्रमा जथाभाबी प्लास्टिक नफाल्न सचेत गराइएको छ । प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानि र क्षतिबारे सचेत गराउँदै प्लास्टिकरहित क्षेत्र बनाउने अभियान चलाइएको बताइएको छ । खप्तड राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले निकुञ्ज क्षेत्रमा घुम्न आउने पर्यटकले प्रयोग गरेको प्लास्टिक जथाभाबी फ्याँकेर जाँदा पाटनक्षेत्र प्रदूषित हुनका साथै वन्यजन्तुले खाने गरेको बताउनुभयो । प्लास्टिक खाएर वन्यजन्तुको मृत्यु हुँदा निकुञ्ज क्षेत्रलाई क्षति पुग्ने भन्दै उहाँले खप्तड क्षेत्रलाई प्लास्टिकरहित क्षेत्र बनाउन लागिएको उहाँले स्पष्ट पार्नुभयो । ‘निकुञ्ज आरक्ष क्षेत्र भन्नेबित्तिकै प्राकृतिक वातावरणले अति सफा र सुन्दर हुनु
कर्णाली प्रदेश सरकारको ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ प्रभावकारी देखिएको छ । प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा सञ्चालित सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम सुरु गरेको हो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ । कार्यक्रमको निरन्तरतासँगै सामुदायिक विद्यालयको पूर्वाधार निर्माण तथा सुधारमा उल्लेख्य प्रगति देखिएको दाबी प्रदेश सामाजिक विकास मन्त्रालयले गरेको छ ।
कुनै पनि देशको प्रतिव्यक्ति कुल राष्ट्रिय आय, शिक्षा र औसत आयु मापन गरिने मानव विकास सूचकाङ्कको विश्वव्यापी स्तरमा नेपाल मध्यम श्रेणीमा परेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले हालै सार्वजनिक गरेको सन् २०२३/२४ को मानव विकास प्रतिवेदनले सूचकाङ्कमा केही सुधार गर्दै नेपालले विश्वव्यापी औसतभन्दा बढी प्रगति हासिल गरेको उल्लेख गरेको हो । प्रतिवेदन अनुसार सूचकाङ्कमा नेपालले ०.६०१ अङ्क पाएको छ जसलाई मध्यम मानव विकास श्रेणी अन्तर्गत राखिएको छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान ०.५५० देखि ०.६९९ बिचको श्रेणीलाई जनाउँछ ।
अवैध किसिमले मूल्यवान वस्तुको व्यापारमा संलग्न हुने प्रक्रियालाई नेपाली शब्दकोशले तस्करी मानेको छ । तस्करी राज्यविरुद्ध गम्भीर अपराध हो । राज्यको ऐन कानुनविरुद्ध निजी स्वार्थसिद्ध गर्ने दुस्कार्य मात्र होइन, तस्करीले राज्यको कानुन, नीति र विधि मानेर औपचारिक व्यापार व्यवसाय गर्ने समग्र प्रक्रियालाई निस्तेज पारिदिन्छ । तस्करीले राज्यको राजस्व सुक्छ भने इमानदार उद्यमीलाई माथि उठ्न दिँदैन । उनीहरूलाई व्यवसायबाटै पलायन हुने अवस्थामा समेत पुग्नु पर्ने बनाउँछ । तस्करीले आन्तरिक अर्थतन्त्रको समग्र सन्तुलन त बिगार्छ नै देशको छविलाई बाह्य संसारमा बदनामसमेत गराउँछ । नेपालमा सुन तस्करीमा अति भएपछि सरकारले जाँचबुझ आयोग बनाएको थियो । आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै तस्करीमा संलग्नको निद्रा हराएको छ । अब पहेँलो धातुका अपराधी कानुनको कठघरामा आउने निश्चित भएको छ ।
‘जसको नीति उसको नेतृत्व’ यो वाक्य कम्युनिस्ट पार्टीभित्र बारम्बार चलिरहने वाक्य हो । पार्टीभित्र विभिन्न विचारधाराका बहस चलिरहेको हुन्छ । कुनै एक विचारधाराले बहुमत प्राप्त गर्छ । अरू विचारधारा पनि सक्रिय नै भइरहेका हुन्छन् । कहिलेकाहीँ अरू विचारधारा राख्ने व्यक्ति पार्टीको नेतृत्वमा पुग्छ, जसका कारण बहुमतको विचारधारा लागु हुन सक्दैन । अल्पमतमा परेकाको विचारधारा पनि लागु गर्न बहुमत विचारधाराले विरोध गरेको कारण लागु हुन सक्दैन । यस्तो बेला पार्टी चलयमान हुन सक्दैन । शून्यको स्थितिमा हुन्छ । तसर्थ जुन विचारधारा बहुमतमा छ सोही विचारधाराको नेतृत्व हुनु पर्छ अनि पार्टी चलायमान हुन जान्छ ।
सरकार परिवर्तन र मुलुकले नयाँ अर्थमन्त्री पाएसँगै सेयर बजारमा केही रौनक देखिएको छ । अर्थमन्त्रीले सेयर बजारका विषयमा दिएको सकारात्मक वक्तव्य र अर्थ मन्त्रालयले सेयर बजार सुधारका लागि नियमनकारी निकायसँग सुझाव मागेको विषय र आगामी दिनमा सेयर बजारको सुधारका लागि आएका सुझावको आवश्यक कार्यान्वयन हुने आशाले पनि बजारमा थप उत्साह थपिएको छ । सेयर बजारमा सुधारकै निरन्तरता दिँदै आइतबार सेयर बजारमापक नेप्से परिसूचक २२.१० अङ्कले उकालो लागेर दुई हजार ५२.६५ को बिन्दुमा पुगेर रोकिएको थियो । साताको अन्तिम दिन बिहीबार नेप्से २७.८४ अङ्कले ओरालो लागेर २०८०.८७ को बिन्दुमा पुगेर रोकिएको छ । बजारमा किन्नेभन्दा बिक्री गर्ने लगानीकर्ता हाबी भएकाले बजार ओरालो लागेको हो ।