यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ।
पूर्वी नवलपरासीका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिम क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको छ । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ ।
लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका २१ वर्षीय रुपेन्द्र लामाले प्रेम प्रस्ताव अस्वीकार गरेकै आधारमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ कि १८ वर्षीय सुष्मा लामाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
भारतको निर्वाचन आयोगले आगामी आम निर्वाचन अप्रिल १९ (वैशाख ७) देखि सात चरणमा हुने भएको छ। भारतका मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जुन १ (वैशाख १९ गते) सम्म हुने निर्वाचनको सम्पूर्ण कार्यतालिका घोषणा गर्नुभएको हो।
नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित कार्यक्रममा पहिलो पटक प्रत्यक्ष गीत सुनाउन लागेको खुलाउँदै उहाँले दाहाललाई ‘पछिल्लो पुस्ताको अब्बल क्रान्तिकारी नायक’को संज्ञा दिनुभयो।
महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालयका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको मुद्दा दायर भएको छ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्याएको छ।
बाँकेको राप्ती नदीस्थित सिधनियाघाट सरसफाइ अभियान शनिवारबाट आठौं हप्तामा प्रवेश गरेको छ । नेपालगन्जमा विभिन्न सामाजिक कार्यमा क्रियाशील संस्था ‘क्लिन नेपालगन्ज ग्रीन नेपालगन्ज’ र ‘नेपालगन्ज ग्यालरी’ ले सुरु गरेको राप्ती नदीस्थित सिधनियाघाट सरसफाइ अभियान आठौं हप्तामा प्रवेश गरेको हो ।
साविक विजेता नेपाल पुलिस क्लब र एपिएफ क्लबले आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेको छ ।
राममणि दाहालहेटौँडा, चैत ४ गते। बागमती प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको हाम्रो नेपाली पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। हाम्रो नेपाली पार्टीले प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय गरेको हो।पार्टीका प्रवक्ता इन्जिनियर डिल्लिश्वोर कार्की (रोहन) ले चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकले बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको जानकारी दिनुभयो।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलको केन्द्रमा बनेको गठबन्धन टुटेसँगै बागमती प्रदेशमा नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशका बहुमतको सरकार बनाउन ५६ प्रदेश सभा सदस्य आवश्यक हुन्छ। तर केन्द्रमा बनेको सत्ता समीकरण अनुसार यस प्रदेशमा बहुमत पु र्याउन एक जना प्रदेश सभा सदस्य अपुग हुन्छ। हाम्रो नेपाली पार्टीको बागमती प्रदेश सभामा दुई जना प्रदेश सभा सदस्य छन्। एमाले, माओवादी केन्द्रसहितको गठबन्धनलाई बहुमतका लागि राप्रपा, हाम्रो नेपाली पार्टी वा नेपाल मजदुर किसान पार्टीको समर्थन अनिवार्य हुन्छ।हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले विगतमा बनेका गठबन्धनले आफ्नो पार्टीलाई राम्रो व्यवहार नगरेको बताउँदै अब आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताउनुभएको हो। उता पार्टी प्रवक्ता कार्कीले ऐतिहासिक जिम्मेवारी पूरा गर्न हाम्रो नेपाली पार्टी तयार रहेको बताउँदै अहिले अन्य दललाई समर्थन नगर्ने पक्षमा पुगेको बताउनुभयो।
बेनी नगरपालिका –७ महारानीथान नजिक जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताउनुभएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सो कुरा बताउनुभएको हो ।
विभागले अनुगमनका क्रममा सङ्कलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकोले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो ।
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा अर्को प्रिमियर लिग टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो ।