• १६ वैशाख २०८१, आइतबार

युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह

blog

काठमाडौं,चैत ४ गते । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको छ । 

विभागले अनुगमनका क्रममा सङ्कलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकोले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो । 

विभागका अनुसार युनिमोल ट्याब्लेट नामक प्यारासिटामोलको ब्याच नं २३६९ जुन २०२३ मा उत्पादन भएर हो । 

विभागले उक्त औषधि, औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक गरी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

साथै उक्त ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैलाई विभागले अनुरोध गरेको छ ।