तनहुँको मुख्य व्यापारिक क्षेत्र सदरमुकाम दमौली लगायतका बजार क्षेत्र चाडपर्वको बेला समेत सुनसान देखिन्छ । ठुलो चाड दसैँ, तिहार नजिक आएपनि किनमेल गर्नेको चहलपहल हुन नसकेको व्यापारीहरूले बताएका छन् ।
भद्रपुरको झाडीमा भेटिएका शिशुको अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीलाई दिइएको छ । भद्रपुर नगरपालिकाले विराटनगर १३ का चिकित्सक दम्पती सुनित अग्रवाल र अंकिता राठीलाई अभिभावकत्वको जिम्मा लगाएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औँ एसियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागी हुने खेलाडीलाई बिदाइ गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
पाल्पामा दुई करोड रुपियाँको लगानीमा फन पार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रा.लि.ले रामपुर नगरपालिका–५, मटेरीमा रामपुर फनपार्क सञ्चालनमा ल्याएको हो ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले विभिन्न देशका पर्यटक अछाम पुगेकोबारे प्रदेश मन्त्रालयलाई जानकारी नरहेको बताउनुभएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणका लागि देशभित्र र बाहिर हुने नेपालीहरूको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी चेकजाँच स्थलमै प्रशिक्षण दिने गरी अभियान चलाएको छ ।
विराटनगर महानगरपालिकाले तीन जना नगर रक्षकलाई पदमुक्त गरेको छ । जनता समाजवादी पार्टीका नेतालाई दुर्व्यवहार गरेको विषयलाई लिएर महानगर प्रमुख नागेश कोइरालाले नगर रक्षकहरूलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो ।
लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम प्रभावित भएको छ । अनुसन्धानका लागि आवश्यक कुल ३७ कर्मचारीको दरबन्दीमध्ये हाल ६ जना कर्मचारी मात्र छन् ।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौता रकम तिर्न नसकेका कारण उक्त सम्झौता रद्द गरिएको विकास कोषले जनाएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा हेटौँडामा भएको दौड प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।
तान्जानीय पठाउने भनी रकम ठगी गर्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।