नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता (लाइसेन्स) परीक्षामा अप्रत्याशित रूपमा विद्यार्थी पास भएका छन् । नर्सिङ काउन्सिलले लिएको परीक्षामा यस पटक प्रवीणता प्रमाणपत्र तह (पिसिएल) तर्फ ७१.२७ प्रतिशत नर्स पास भएका हुन् । यसअघि काउन्सिलले लिएको परीक्षामा जम्मा १९ प्रतिशत नर्स मात्र नाम दर्ता परीक्षामा पास भएका थिए । काउन्सिलकी अध्यक्ष सरला केसीले यो पटक अप्रत्याशित रूपमा विद्यार्थी पास भएको जानकारी दिनुभयो । “यसअघि लिएको परीक्षामा १९ प्रतिशत मात्र पास भएका थिए,” उहाँले भन्नुभयो, “यस पटक ७१ प्रतिशतभन्दा बढी नर्स पास हुनु अप्रत्याशित हो ।”
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विपक्षी बनाएर दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । खड्काको आय र व्ययतर्फका शीर्षकमा आफूले गरेको मूल्याङ्कन रकमलाई मान्यता नदिई विशेष अदालतले अन्यथा तथा फरक अङ्क कायम गरी फैसला गरेको आयोगले दाबी गरेको छ । साथै अदालतबाट फैसलाका क्रममा अदालतले लिएको कानुनी आधार र प्रमाण त्रुटिपूर्ण रहेको पनि आयोगको दाबी छ ।
काँक्रेविहारका जङ्गलमा करिब एक महिनादेखि १०–१२ जना युवतीको समूह रुख चढ्ने र ओर्लने प्रतिस्पर्धामा छन् । बिनाकुनै प्रविधि वा उपकरण हात र खुट्टाको चालमा सालका सुरिला र अग्ला रुखका टुप्पामा पुग्ने र झर्ने उनीहरूको कला अचम्मको छ । काँक्रेविहार मात्र होइन, वीरेन्द्रनगरमै रहेको कुइनेपानी जङ्गलका रुख पनि अहिले यस्तै प्रतिस्पर्धात्मक अभ्यासका कारण चिल्ला बन्न थालेका छन् ।
पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिएको छ । प्रदेश, महानगर, छिमेकी स्थानीय तह, स्थानीयवासी र सङ्घ, संस्थाको सहभागितामा आइतबार आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यटनको राजधानी घोषणा गर्नुभयो । पर्यटनको राजधानी घोषणासँगै लेकसाइडसहित सहरका मुख्य क्षेत्र चौबिसै घण्टा खोल्न पाइने भएको छ । अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारले चौबिसै घण्टा खोल्ने अनुमति पाए पनि अरू बजार राति १० बजेपछि बन्द हुने गरेका थिए ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताउनुभएको छ।
फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।
पाँचथर जिल्लाकोे फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा आइतवार साँझ सुरु भएको आगलागीका कारण सिङ्गो बजार जोखिममा परेको छ । साँझ ८ बजे सुरु भएको आगलागीमा पर्दा यो समाचार तयार पार्दासम्म ३ वटा घर जलेका छन । उता तेह्रथुमको फेदाप गाउँपालिकामा आइतवार दिँउसो जंगलबाट सल्केको आगोले १७ र तीनवटा पाली जलेका छन ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिलको जग्गामा काली कम्बलवाला बाबाले फागुन ३० गतेदेखि ११ दिनका लगाएको निःशुल्क धार्मिक शिविर छाडेर बाबा फरार हुनु भएको छ ।
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार बताउनुभएको छ । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस० को सुधार गर्न निर्देशन दिनुभएको छ।
नेपाल समाजवादी पार्टीले नेकपा(माओवादी केन्द्र)सँग एकताको पक्षमा उभिएका नेतालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ ।
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको निवासमा आइतबार मुख्यमन्त्री कार्यालयले गरेको स्वागतलगत्तै कार्यालय पुगेर भट्टले पदभार ग्रहण गर्नुभएको हो ।
कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएकी किशोरीको मृत्यु भएको छ । शुक्रवार दिउँसो नवदुर्गा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला वनमा आगलागी हुँदा बाबुछोरी जलेर घाइते भएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक दृष्टिले सम्पन्न मुलुक भएको बताउनुभएको छ । नेपाल तामाङ घेदुङद्वारा आइतबार राजधानीमा आयोजित उहाँको सम्मान तथा शुभकामना समारोहलाई सम्बोधन गर्दैसो कुरा बताउनुभएको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा वनमा लागेको डढेलोले चार वटा घर जलेर नस्ट भएका छन्। प्रहरीकाअनुसार फुङ्लिङ नगरपालिका–८ दोखुमा वनमा लागेको डढेलोले आइतबार चारवटा घर जलेर नस्ट भएका हुन्।