नेपाल राष्ट्र बैङ्कमा ३० वर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट निवृत्त भएका पर्वतकुमार कार्की दुई महिनादेखि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा आउनुभएको छ । कोषमा आउनुअघि उहाँ किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । ‘नेपालको समृद्धिको सहयात्री’ मान्न सकिने नागरिक लगानी कोष आइतबार स्थापनाको ३४ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैङ्क तथ वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्दै त्रिभुवन विश्वविद्यालय र अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट स्नाकोत्तर गर्नुभएका कार्कीसँग गोरखापत्रका लागि पत्रकार भेषराज बेल्बासेले कोषको समसामयिक अवस्थाका विषयमा गर्नुभएको कुराकानी :
सिमिकोट गाउँपालिका–७ को डाँडाफया गाउँकी एघार वर्षकी बालिका घरको छतबाट लडेर दायाँ खुट्टा भाँचिएकी माया विकको उपचारका लागि सहयोग उठ्न सुरु भएको छ । आर्थिक अभावले विकको उपचारमा समस्या र विकद्वारा सहयोगको लागि याचना भन्ने सामाजिक सञ्जालमा आएपछि सहयोग जुट्न सुरु भएको हो ।
साहित्यकार केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण भएको छ । शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले पुस्तक लोकार्पण गर्नुभएको हो । कार्यक्रममा कार्कीले कविताको माध्यमबाट देशको कुरालाई कविले राम्रो ढङ्गले प्रस्तुत गर्नुभएको बताउनुभयो । ३९ वर्षसम्म शिक्षण पेसामा आबद्ध हुनुभएका जफेलीको यो सातौँ कृति हो ।
विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औँ संस्करणमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो । सुगम सङ्गीततर्फ निसान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायकगायिकाको अवार्ड पाउनुभयो । सोही कार्यक्रममा गायिका मीरा राणालाई एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० बाट सम्मान गरियो । सङ्गीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी साधना सम्मान, जनही नगद २५ हजार रुपियाँसहित पत्रकार शान्तिप्रियालाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रूपक डोटेललाई प्रेमध्वज सङ्गीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसङ्गीत सम्मानबाट सम्मानित गरियो । कार्यक्रममा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी स्रष्टा सम्मानबाट सम्मान गरियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् ।
महाशिवरात्रिका अवसरमा आर्ट बुमको आयोजनामा ‘शिव’ शीर्षकका कला प्रदर्शनी सञ्चालनमा रहेको छ । काठमाडौँ ठमेलस्थित होटल आर्ट्स ग्यालरीमा प्रदर्शित कलामा कलाकारले भगवान् शिवका विषयलाई विभिन्न माध्यममा चित्रण गरेका छन् । कला प्रदर्शनीमा यस पटक १९ जना कलाकारले सिर्जना गरेका २१ कला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा कलाकार चिरञ्जीवी भट्ट, दिनेश शाक्य, किपा राणा, मलिका उदास, सुषमा राजभण्डारी, मिनरत्न वज्राचार्य, मदन श्रेष्ठ, ओमप्रकाश गुरुङ, जुजुकाजी श्रेष्ठ, सजिता श्रेष्ठ, सानुराज डङ्गोल, विकेश घिमिरेलगायत कलाकारका कला समावेश गरिएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा रहेको चिउरा मिलमा गए राति आगलागी भएको छ । आगलागीबाट उद्योगमा ठुलो क्षति भएको प्रहरीले जनाएको छ ।
फागुन महिनाको घरजग्गा कारोबारमार्फत सरकारले एक अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत माघ महिनामा एक अर्ब १९ करोड ९६ लाख ७३ हजार ३८३ रुपियाँ सङ्कलन भएको थियो । माघ महिनाको तुलनामा घरजग्गाको कारोबारमा सुधार आएसँगै राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको हो ।
अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय र राष्ट्र बैङ्क मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायमान बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले शनिबार आयोजना गरेको व्यवस्थापन सम्मेलनमा मन्त्री पुनले सो कुरा बताउनुभएको हो । अर्थमन्त्री र गभर्नर प्रतिस्पर्धी नरहेको उल्लेख गर्दै उहाँले सरकार र राष्ट्र बैङ्क दुवैले जनताको अपेक्षा, आकाङ्क्षा र संविधानले दिशानिर्देश गरे अनुसारका कानुन र नियमावलीभित्र बसेर काम गर्ने भएकाले एकअर्कालाई आरोपित गर्नु गलत भएको बताउनुभयो ।
महोत्तरी जिल्लाको रामगोपालपुरमा शनिवार राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त छन् ।
राष्ट्रिय सभामा रिक्त रहेका दुई समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । सभाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापतिको निर्वाचन गर्न लागेको हो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले उम्मेदवारीको प्रस्ताव दर्ताका लागि तोकिएको समयभित्र दुवै समितिको सभापतिमा एक एक जनाको मात्रै प्रस्ताव दर्ता भएको जानकारी दिनुभयो । उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११ देखि १२ बजेर ३० मिनेटसम्मको समय तोकिएको थियो ।
आगामी २०८१ सालको शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ कार्य सकिँदै छ । अहिलेकै गतिमा पुस्तक छपाइ कार्य जारी रहेमा सामुदायिक विद्यालयका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने छन् । देशभरिका सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने छ । कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ । तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ ।
भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।