कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउनुभएको छ ।
आगामी चैत ६ गतेदेखि नेपालगन्जको वाटरपार्कमा आयोजना हुने सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।
हमास र यमनका हुथी विद्रोहीका शीर्षस्थ व्यक्तिहरूबिच इजरायलविरुद्ध आफ्ना गतिविधिहरू सञ्चालन गर्न समन्वय गर्ने विषयमा छलफल गर्न दुर्लभ बैठक गरेको प्यालेस्टिनी स्रोतहरूले शुक्रबार एएफपीसँग बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुग्नुभएको छ । प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट बचाउन मानवीय राहत वितरण गर्न अनुमति दिन शुक्रबार आग्रह गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका प्रमुख बजारहरूको अनुगमनलाई निरन्तर जारी राखेको छ । प्रशासनले बजार अनुगमनलाई निरन्तर जारी राखेको थाहा पाउँदा पाउँदैपनि बजारमा म्याद नाघेका सामग्रीहरू छ्यापछ्याप्ती राखिएका छन् ।
प्राप्त तथ्याङ्कले तनहुँमा पछिल्लो समय लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढ्दै गएको पाइएको छ । प्रहरीले बरामद गरेको लागूऔषध र पक्राउ पर्नेको सङ्ख्यालाई हेर्दा लागूऔषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ ।
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका–५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका–८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको छ ।
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान आवश्यकतालाई मध्यनजर गरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभएको छ ।
अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बताउनुभयो । शनिबार राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको व्यवस्थापन सम्मेलन २०२४ कार्यक्रमको समुद्घाटन गर्नुहुँदै अर्थमन्त्री पुनले सरकारहरू निरन्तरताका आधारमा सञ्चालित हुन्छन्, तिनका आधारमा नीतिहरू आधारभूतरुपमा परिवर्तन नहुने बताउनुभयो ।