बोदेबरसाइन नगरपालिका पूर्ण साक्षर नगर घोषणा भए पनि यहाँका मुसहर तथा दलित बस्तीका ९० प्रतिशत नागरिक अझै औँठाछाप नै रहेका छन्। नगरपालिका–६, प्रितमपुरस्थित पाँच सय परिवारको दुई वटा मुसहर बस्तीमा १९० जना नागरिक अनपढ रहेको पाइएको छ। वित्तीय संस्था तथा सहकारीहरूको समूहमा आबद्ध भएकालाई खाता खोल्न संस्थाका कर्मचारीले महिलाहरूलाई जसोतसो हस्ताक्षर गर्न सिकाएको छ।
काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिल काठ गोदाममा शुक्रबार राति भएको सामूहिक हत्या घटनामा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे–९ का २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, प्रहरी नायब उपरीक्षक अङ्कुर जिसीसहितको प्रहरी टोलीले अनुसन्धानका क्रममा आरोपित भण्डारीलाई काँडाघारीस्थित वीरेन्द्र चोकबाट शनिबार पक्राउ गरेको हो ।
आठ वटा स्थानीय तह रहेको पाँचथर जिल्लाको एउटा मात्रै नगरपालिका हो फिदिम। कुल १९२.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका साबिकका फिदिम, चोकमागु, लुम्फाबुङ, शिवा, रानीटार, नागीन, लुङरुपा र याङनाम गरी आठ वटा गाउँ विकास समिति समेटेर गठन गरिएको हो । यहाँ १४ वटा वडा छन्। स्थानीय तह
सरकारले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण र निराकरणका उपायसहितको कार्ययोजना पेस गर्न कार्यदल गठन गरेको छ ।
गण्डकी प्रदेश सरकारले चालु वर्षका लागि दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्दै छ। प्रदेश नीति तथा योजना आयोगले उक्त योजना निर्माणका लागि तयार गरेको अवधारणपत्र पारित गरिएको छ। प्रदेश मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले अवधारणापत्र पारित गर्ने निर्णय गरेको हो। बढ्दो बसाइँसराइ रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाव दिएको छ। मुख्यमन्त्री पाण्डेले अब कार्यान्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्नेमा जोड दिनुभएको हो। गर्नै नसकिने महत्वाकाङ्क्षी योजनाहरू राख्नकै लागि मात्रै उल्लेख नगर्न सुझाव दिनुभयो।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो सांस्कृतिक पक्षको मौलिक रूपमा संरक्षण गर्नु हाम्रो दायित्व भएको बताउनुभएको छ ।
ताप्लेजुङमा अरिँगालले टोकेर एक वृद्धाको मृत्यु गएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो ।
हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजका अवसरमा यति बेला बजारमा तिजको चहलपहल बढेको छ। केही दिन अगाडिदेखि नै तिज मनाउने प्रचलन सुरु भएसँगै किनमेल गर्नेको पनि भिड देखिन्छ। महिलाको विशेष चाड तिज पर्वका लागि विभिन्न पसलमा रातो सारी, कुर्ता र चुरापोते तथा गहना सजाइएका छन्। फेसनअनुसारको पहिरन तथा गरगहना लगाउने सोखका कारण पसलहरूमा भिडभाड बढेको छ। यद्यपि व्यापारीहरू भने पहिलेको तुलनामा व्यापार नभएको गुनासो गर्छन्। पैसाको अभावका कारण ग्राहकले किनमेल कम गरेको उनीहरूको भनाइ छ। कावासोती–८ मा रहेको धर्म वस्त्रालयमा सञ्चालक धर्म काफ्ले तिजमा व्यापार हुने आशा भए पनि निराशाजनक भएको बताउनुहुन्छ।
पाल्पामा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ २, घोडेबाँसका २४ वर्षका सुनिल खत्री रहनुभएको छ । आइतबार राति १० बजेतिर तिजको नाचगान गर्ने क्रममा स्थानीय युवाबिच झैझगडा हुँदा खत्री गम्भीर घाइते हुनुभएको थियो ।
अर्घाखाँचीमा ८० हजार ५६९ जनाले स्वास्थ्य बिमा गरेका छन्। जिल्लाको कुल जनसङ्ख्या एक लाख ७७ हजार ८६ को ४५.४९ प्रतिशत जनसङ्ख्याले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बोर्ड शाखा कार्यालय अर्घाखाँचीले जनाएको छ। जिल्लाका छ वटा पालिकामध्ये सन्धिखर्क नगरपालिकामा २० हजार ५३८ जनाले स्वास्थ्य बिमा गरेका छन्। जसमा महिला १० हजार ७९० र पुरुष नौ हजार ७४८ जना रहेका छन्। शीतगङ्गा नगरपालिकामा १३ हजार ७२८ जनामध्ये महिला सात हजार ३२ र पुरुष छ हजार ६६६ रहेका छन्। पाणिनी गाउँपालिकामा १५ हजार २३४ जनामध्ये महिला सात हजार ८७३ र पुरुष सात हजार ६६१ जनाले बिमा गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको छ।
दाङका थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अट्वारी पर्वको उल्लास छ। थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अट्वारी पर्व मनाउने गर्छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताउनु भएको छ ।
कृषि क्षेत्रमा पन्ध्रौँ योजनाको लक्ष्य प्रतिस्पर्धा, जलवायु अनुकूल आत्मनिर्भर एवं निर्यातमुखी उद्योगका रूपमा कृषि क्षेत्रलाई रूपान्तरण गर्दै समावेशी र दिगो आर्थिक वृद्धि हासिल गर्ने निर्धारण गरिएको थियो । कृषिमा आधारित समुदायलाई सेवा र उद्योग क्षेत्रबाट बढी आयआर्जन गर्न सक्ने गरी कृषि क्षेत्रको रूपान्तरण गर्ने अवधारणामा आधारित कृषि विकास रणनीति तय गरियो । नारा बनाइयो, ‘आर्थिक वृद्धिलाई गति दिने, जीवनस्तर उकास्ने, खाद्य/पोषण सुरक्षामा योगदान दिने, खाद्य सम्प्रभुता उन्मुख आत्मनिर्भर, दिगो प्रतिस्पर्धी तथा समावेशी कृषि क्षेत्र’ तर बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, जगन्नाथ, बुढीनन्दा र स्वामिकार्तिकमा उत्पादन गरिएको स्याउ अहिले बारीमै थन्किएको छ । यो समाचारले मुलुकको कृषि लक्ष्य, रणनीतिको कार्यान्वयन अवस्था अनि समुदायको जनजीवन र आयविमुख कार्य प्रणालीलाई उदाङ्गो पारेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार आइरहेको बताउनुभएको छ । आइतबार कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले राजस्व सङ्कलनमा अझै सुधार आइनसकेको भए पनि विप्रेषण आप्रवाह, पर्यटक आगमनमा वृद्धि आएको र आर्थिक गतिविधि पनि बढ्दै जान थालेको बताउनुभएको हो ।