राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहका मुद्दालाई छलफल तथा बहसमा ल्याएर सङ्घीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न प्रादेशिक सरोकार समयमा मन्तव्य राख्ने अभ्यासको थालनी गरेको छ ।
दोलखाको दक्षिणपूर्वमा रहेको जिरी नगरपालिका हिमाली पहाडी भेगकै धार्मिक, सांस्कृतिक एवं प्राकृतिक छटायुक्त आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यका रूपमा रहेको छ । यहाँ ‘क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी’ भन्ने दीर्घकालीन
महावै गाउँपालिका जोड्ने तिला नदीको पान्तडीमा चार वर्षसम्म पुल निर्माण कार्यको सुरुवातसमेत हुन सकेको छैन । आर्थिक वर्ष २०७७/७८ मा ठेक्का भएर २०७७ साल चैतमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम सुरु हुन नसकेको हो ।
लामो समयदेखि निर्माणाधीन रामेछापको मन्थली–चिसापानी–पुरानागाउँ सडक आयोजनाको काममा स्थानीय नागरिक सङ्घसंस्थाहरूले निगरानी बढाएका छन् । निर्माण सुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको यो सडक आयोजनाको स्थानीय नागरिक सङ्घसंस्थाहरूले स्थलगत अनुगमन गरेका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभन्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रे गर्न ठेक्का लागेको आठ वर्ष पुगेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिशाहीले २०७२ चैत २ गतेसडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । सम्झौतामा २०७५ फागुन ३० गते काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिए पनि सडक अहिलेसम्म अलपत्र छ । समयमा काम नभएपछि गत
काठमाडौँ महानगरपालिकाले विपत् व्यवस्थापनका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको छ । विपत् जोखिम न्यूनीकरणको पूर्वतयारी, विपत्पछिको पुनस्र्थापना, विपत्को समयमा गर्नुपर्ने व्यवस्थापनलगायतका विषयसहित सो रणनीतिक योजना तयार गरिएको महानगरपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशी नागरिकका लागि नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिख वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नुभएको थियो ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही संरचनाले मुलुक नबन्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बुटवलदेखि गोरुसिंगे चन्द्रौटा सडकखण्डको निर्माण छिट्टै सुरु हुने बताउनुभएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माछा उत्पादनमा किसानले उन्नत प्रविधि अपनाउन् भन्ने उद्देश्यसाथ किसानलाई काउन्सिलिङ गर्नका लागि परियोजना अन्तर्गतका कर्मचारीलाई तीन दिने तालिम दिइएको छ ।
अर्थमन्त्री वर्षमान पुनले नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ।
कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाख्रा चराउन गएका बाबुछोरी जलेर घाइते भएका छन् ।
सुन तस्करी अभियोगमा अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुन पक्राउ परेका छन्।