ताप्लेजुङमा पछिल्लो दुई हप्ताभित्र १६ वटा डढेलो (आगलागी) का घटना भएका छन्। सुख्खा मौसमसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्को गर्दै डढेलोका घटना भएका हुन्।
घोराही उपमहानगरपालिका –१७ चौघेरास्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा रहेको ‘सिद्धरत्ननाथ पुस्तकालय’ पाठक नआउँदा सुनसान भएको छ ।
टर्कीको समुद्री किनारामा डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु भएको छ । स्थानीय गभर्नरको कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार डुङ्गा दुर्घटनामा परेका कूल १२ जनामध्ये आठ आप्रबासीको डुबेर मृत्यु भएको थियो भने बाँकी चार जनाको सकुशल उद्धार भएको छ ।
रूसमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लागि मतदान जारी छ । रूसको सुदूरपूर्वी क्षेत्र मानिने कामचटका, चुकोटलगायतका क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेदेखि मतदान सुरू भएको हो ।
बाँकेमा मोटरसाइकलमा चर्को आवाज निकाल्ने साइलेन्सर राखेर ध्वनी प्रदूषण गर्नेविरुद्ध कारवाही सुरु भएको छ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रुप दिएको हो ।
नेपाल र युरोपेली संघ (इयू)बिच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको १३ औँ श्रृङ्खला चैत ७ गतेबाट सुरु हुने भएको छ ।
भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविर ।
रुपन्देही प्रहरीले विभिन्न स्थानबाट मोबाइल लुटपाटमा संलग्न आरोपित समूहलाई पक्राउ परेको छ । विभिन्न स्थानबाट मोबाइल लुटेर भाग्ने गरेको सर्वसाधारणले जानकारी गराएपछि जिल्ला प्रहरीबाट खटिएको टोलीले सो समूहलाई पक्राउ गरेको हो ।
शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदले संसदको वेल घेराउ गरेका हुन्।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । डल्फिन समुहको १४ औं वार्षिकउत्सवको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
सरकारले राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक–२०८०’ पेश गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेश गर्नुभएको हो ।
रौतहटमा आईएमई सञ्चालकमाथि गोली प्रहार भएको छ। रौतहटको परोहा नगरपालिका ९ मा आईएमई सञ्चालन गर्दै आएका २४ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो। गम्भीर घाइतेको साहको वीरगन्जमा उपचार भइरहेको
भारतबाट धनुषाको ढल्केबरमा आएर ढोलक तथा मादल बनाएर बेच्न बसेका व्यापारी निराश देखिएका छन्। सोचे जस्तो व्यापार नभएपछि व्यापारी निराश भएका हुन्।