प्राविधिक ज्ञान र सिप भएका जनशक्ति तयार गर्ने उद्देश्यका साथ दोलखाका चार वटा माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत सञ्चालन भएका बाली विज्ञानको पठनपाठनमा समस्या आएको छ । सम्बन्धित निकायको खासै चासो नहुनु, विद्यार्थी भर्ना न्यून र अन्य आयस्रोत नहुँदा बाली विज्ञान प्राविधिक धार सञ्चालनमा सङ्कट आएको बताइएको छ ।
विगतका वर्षहरूको तुलनामा पछिल्लो वर्ष काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको छ। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको तथ्याङ्कमा आर्थिक वर्ष २०७९/८० मा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा कमी आएको हो । कार्यालयका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले पछिल्लो वर्ष काभ्रे जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या घटेको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) मा दर्ता भएको तथ्याङ्क अनुसार आव २०७९/८० मा काभ्रेपलाञ्चोकमा कुल एक हजार ३१७ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय सम्मेलनका लागि भनेर अछामको प्रमुख पर्यटकीय क्षेत्र जाने पर्यटक हुलका हुल भित्रिँदै छन् तर त्यस्तो सम्मेलनबारे कुनै पनि तहका सरकारलाई जानकारी छैन। कतिपय पर्यटक अछामका विभिन्न स्थानमा अलपत्र परेका छन्। सरकारको इजाजतबिना नै सम्मेलनमा सहभागी हुन ठुलो सङ्ख्यामा अछाम पुगेका पर्यटक कोही जिल्लाको प्रवेश नाकामा रोकिएका छन् भने कोही सम्मेलन हुने भनिएको स्थलमा त्रिपाल टाँगेर बसेका छन्।
सर्वोच्च अदालतले नेपाल–भारतको खुला सीमा नियमन गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ । नेपालको राष्ट्रिय हित प्रवर्धनका लागि आवश्यक भएमा थप सन्धि सम्झौता गरेर पारस्परिक हितका लागि सीमा नियमन तथा व्यवस्थापन गर्न अदालतले आदेश गरेको हो ।
धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित दिव्या सः मिलभित्र धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।
आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि चलेको बैठक सहमति पत्रमा हस्ताक्षर गर्दै टुंगिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुग्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुग्नुभएको हो।