विकट गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चे ठोट्नेरीमा भवन निमार्ण भएको छ । उक्त भवनको पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले एक कार्यक्रमका बिच उद्धघाटन गर्नु भएको छ ।
सिमकोट गाउँपालिका– ७ को स्याँडा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज भएको छ । विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बिहीबारबाट यो सेवा सुचारु गरेको हो ।
धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।
राष्ट्रिय सभाका सांसदहरुले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै सङ्घीय सरकारको आलोचना गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्नुहुँदै सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु सहज ढङ्गले अघि बढ्ने गरी आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।
गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
भोजपुरको हतुवागढी गाउँपालिका-५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आउनुभएको थियो । उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम ।
२०७८ साल असार १ मा आएको बाढीले मनाङको तातोपानी कुण्ड बगायो । बाढीका कारण चामे गाउँपालिका–५ चामेमा रहेको तातोपानी कुण्डको संरचना पूर्णरुपमा भत्किएको छ ।
सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा साहलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा साहको नाम एक नम्बरमा सिफारिस गर्नुभएको थियो ।
पश्चिम नेपालकै पुरानो सहर नेपालगन्जका भित्री र साँघुरा गल्लीहरुमा विशेष गरी गर्मीयाममा हुने गरेको आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ ।
नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको कामपाले जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मौरीस हर्जोग पदमार्गलाई समेटेर एकीकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन थालेको छ ।
सत्ता समीकरण बदलिएसँगै मुलुकको राजनीति नयाँ अवस्थामा प्रवेश गरेको छ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत राजनीतिक उपलब्धिमाथि असान्दर्भिक छलफल भएको ठहर गरेको छ ।
सप्तरीको राजविराजस्थित कारागारमा १० महिनामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कारागारमा एक युवकले झुण्डिएर आत्महत्या गरेको कारागार प्रशासनले जनाएको छ ।
सप्तरीमा यस वर्ष बढी आँप उत्पादन हुने अनुमान छ । हाल मौसममा देखिएको अनुकूलता तथा आँपको रुखमा मञ्जरी लागेका कारण बढी आँप उत्पादन हुने अनुमान रहेको हो ।