काठमाडौँको थापाथलीमा हिमालयन चेस एकेडेमी सञ्चालनमा आएको छ । एकेडेमीको बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपालको पहिलो बुद्धिचाल च्याम्पियन विकासमान लामाले उद्घाटन गर्नुभयो ।
स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
क्यान्सरपीडित कविन्द्र शेर्मालाई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) केन्द्रले आर्थिक सहयोग प्रदान गरेको छ । शेर्मालाई आज फोनिजका अध्यक्ष गजुरधन राईले सो सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगामी नयाँ वर्ष २०८१ मा प्युठानको पर्यटकीयस्थल मल्लरानी र स्याउलिवाङमा पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ ।
कुनै बेला बुट्टेनली बागलुङको पहिचान थियो । बागलुङ भन्नेबित्तिकै बुट्टेनलीको सम्झना गर्थे मानिसले । अहिले त्यही कुनै बेला बागलुङको पहिचान बनेको बुट्टेनली आफ्नै पहिचान गुमाएको अवस्थामा छ । निगालोको नलीमा विभिन्न आकृति कोरेर आकर्षक सामग्री बनाउने चलन हराएको र चलनसँगै बुट्टेनली नै हराउने अवस्थामा छ ।
धनकुटामा गुडिरहेको मोटरसाइकललाई रुख ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकार परियोजनाको काम अघि बढाउन स्थानीय निजी क्षेत्रले माग गरेका छन् ।
सन् २०२३ मा सिङ्गापुरको कूल रोजगारी ८८ हजार ४०० ले वृद्धि भएको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको श्रम बजार प्रतिवेदनले देखाएको छ । नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार ५०० गैर–आवासीय र चार हजार ९०० स्थानीय रहेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा चैत १२ गते हुने एनएनआइपिए स्पोर्ट्स अवार्डलाई केडिया ग्रुपले प्रायोजन सहयोग गर्नुभएको छ ।
चालु आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि सोको विरोधमा रौतहटको फतुवाविजयपुर नगरपालिकाका शिक्षक–कर्मचारीले विद्यार्थीको वार्षिक परीक्षा लिन अस्वीकार गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले छायाङ्कन स्थल र कथावस्तु दुवै हिसाबले नेपाल चलचित्रका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभयो ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनः लेखन गर्न सुझाव दिनुभएको छ।
आरबिबीएल इसान कप फुटसल प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि हुने भएको छ ।
सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्नुहुँदै सर्वोच्चमा गत फागुन ३० गते बुधबार रिट दायर गर्नुभएको हो ।