नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताउनुभएको छ ।
पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनामा संयुक्त राष्ट्रसङ्घले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले यस्तो बताउनुभएको हो ।
१५८ औँ मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीद्वारा लिखित महाकाव्य देवरात को विमोचन गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो ।
नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान गर्नुभएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईँलाई हस्तान्तरण गर्नुभएको हो ।
पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिले कै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पार्नु भएको छ । हामीले यसभन्दा अघि पनि भनेका छौ र फेरी पनि भन्छौ जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उहाँले भन्नुभयो ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
देब्रे खुट्टाको सानो फोका फुटेर घाउ भएको थियो । चप्पल फित्ता अडिने ठाउँमा समस्या भए पछि हिँडडुल गर्न असहज भयो । स्थानीय मेडिकलमा उपचार गर्दा निको भएन । घाउ बढ्ने र धेरै चिलाउन लाग्यो । समस्या बल्झिँदै गए पछि कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवा की ५५ वर्षीया उषा सुनार थप उपचार गराउन बुटवल पुग्नु भएको थियो ।
प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले नेपाली सेनाको गरिमामा आँच आउने काम कहिँकतैबाट कसैले गर्न नहुने बताउनु भएको छ ।
पश्चिम तराईवासी थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ। निराहार व्रत बसेर आइतबार र सोमबार दुई दिनसम्म यो पर्व मनाउन लागिएको हो। पश्चिम कञ्चनपुरदेखि दाङसम्म धुमधामसँग यो पर्व मनाउने गरिन्छ। अन्य महिलाले तिज मनाउँदै गर्दा थारू समुदायका महिलाले सो पर्व मनाउँदै आएका छन्। मध्यरातमा दर खाएपछि पर्वको पहिलो दिन आइतबार आधा दिनसम्म निराहार व्रत बस्ने चलन रहेको छ। व्रतालुहरूले दिउँसोतिर पूजाआजा गरेर मात्र जल ग्रहणका साथै अन्डीको रोटी, फलफूल, दुध खाने चलन रहेको छ।
कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेको पाइएको छ। एक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १९ प्रतिशत जनताले मात्रै शुद्ध पानी पिउने गरेका छन्। तीमध्ये ८१ प्रशितले दूषित पानी पिउने गरेकामा कर्णाली प्रदेशवासी ३.५ प्रतिशतले मात्रै शुद्ध पानी पिउने गरेको पाइएको हो। ९६.५ प्रतिशत कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन नेपाल देशीय अधिकृत डा. सुदनराज पन्थीले कर्णालीवासीले ९६.५ प्रतिशत दूषित पानी पिउने गरेको बताउनुभयो। दूषितपानी भन्नाले दिसाजन्य कोलिफर्मलगायतका खान नहुने वस्तुहरू रहेको उहाँले जनाउनुभयो।
कर्णाली प्रदेशका हिमाली जिल्लामा सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिएको छैन। हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा सडकको स्तरोन्नतिसमेत हुन सकेको छैन। राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी हुम्लामा आन्तरिक रूपमा यातायातका साधन सञ्चालन भइरहेका छन्।
बैतडी जिल्लामा पछिल्लो समय बाघ (चितुवा), भालु, बाँदर र जङ्गली बँदेलका कारण खेतीपातीको माया मारेर ज्यान जोगाउन समस्या हुन थालेको छ। चितुवा र बँदेलको आक्रमणमा परी बैतडीमा २६ जनाको मृत्यु भइसकेको छ भने १३ जना घाइते भएका छन्। पञ्चेश्वरमा चितुवाको आक्रमणमा परेर बिहीबार १७ वर्षीय पूजा लोहार गम्भीर घाइते भएको घटना सेलाउन नपाउँदै मेलौली नगरपालिका–३ मा ५५ वर्षीय गजबहादुर भाट भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ।