किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्प्ताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले आज गरेको प्रभातफेरि कार्यक्रममा उहाँले मरेर जाने शरीरका अङ्ग अरुलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने बताउनुभयो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा तेह्रथुमका नवीन सिलवाल र विवेक कन्दङ्वाको जोडी प्रथम भएको छ।
प्रतिनिधि सभामा निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।
नेपालगन्ज ८ मा रहेको ऐतिहासिक पर्यटीय स्थल रानीतलाउ उद्यानमा थप पूर्वाधार निर्माण गर्नुका साथै सेवा सुविधा समेत विस्तार गरेर स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कालिकोटको महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालन गरेको छ । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँमै नुन डिपोको स्थापना गरिएको हो ।
हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ ।
चितवनको भरतपुर महानगरपालिका-१३ राइनोकुञ्जमा वन डढेलो तथा अग्नि नियन्त्रण प्रशिक्षण कार्यक्रम गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको आयोजनामा बेलसहर मध्यवर्ती सामुदायिक वनको परिसरमा प्रशिक्षण दिइएको हो ।
उपप्रधान एवम् परारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पाकिस्तान, साउदी अरेबियाका र नर्वेनका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
रामनगरस्थित एभरेष्ट चिनी मिलले यस वर्षको उखु क्रसिङ सम्पन्न गरेको छ ।
पुतलीबजार नगरपालिका १४ आमडाँडाले आफ्नै भवनबाट सेवा दिन थालेको छ ।
भेडा तथा बाख्रामा लाग्ने पिपिआर रोग रोकथामका लागि मधेश प्रदेशमा सात लाख ९२ हजार भेडा तथा बाख्रामा खोप लगाउने लक्ष्यसहित सप्ताहव्यापी अभियान सुरु गरिएको छ ।
धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।
सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिबाट ५८ लाख ५७ हजार रुपियाँ बराबरको औषधीसहित ट्रक नियन्त्रणमा लिएको छ ।