पछिल्लो दुई महिनामा देशमा धेरै चर्चा चल्यो तस्करी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र राष्ट्रहितविरुद्धका अपराधमा कारबाही गर्न सरकार दृढ भएर अगाडि बढ्छ । सबै मिडिया, सामाजिक सञ्जाल आदिमा यत्रतत्र सर्वत्र पक्ष विपक्ष र निष्पक्षताको विचार र नाराको ओइरो नै लाग्यो । प्रिन्ट, डिजिटल र इलेक्ट्रोनिक मिडिया र रेडियो आदिमा धेरै स्थान यस विषयले ओगट्यो ।
संस्थाका उद्देश्य हासिल गर्न परम्परागत रूपमा सम्पादन गरिने कार्यहरूलाई सूचना प्रविधिको प्रयोगद्वारा कार्य प्रक्रियामा सरलीकरण गरी सेवाग्राही वा ग्राहकको चाहना र अपेक्षा अनुरूपको सेवाप्रवाह गर्नु नै डिजिटल ट्रान्सफरमेसन हो । संस्थाको परम्परागत कार्य प्रणालीमा नवप्रवर्धनको माध्यमबाट डिजिटल फ्रेमवर्कमार्फत सेवाप्रवाह गर्ने विषयले संसारभर प्राथमिकता प्राप्त गरेको छ । संस्थागत सुशासनका लागि कार्य प्रक्रियालाई प्रणालीबद्ध गर्ने मानवीय हस्तक्षेप तथा मनोमा
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सरकारले गरेका असल काम जनतासम्म पुर्याउने उद्देश्यले भदौ १६ गतेदेखि तीन महिनासम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरिरहेको छ । माओवादी केन्द्र जनताका आलोचना, गुनासा र सुझावहरू सरकारमार्फत सम्बोधन गर्ने गरी ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ देशभरका छ हजार ७४३ वडामा केन्द्रित भएको छ । पार्टीको तीन महिने अभियानबाट विधान सम्मेलन गरेर व्यवस्थित पार्टी बनाउने लक्ष्य पनि लिइएको छ । यही विषयसहित सरकारका कामकारबाही, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयकलगायतका विषयमा के
राष्ट्रिय सडक सञ्जाल जोडिएको दक्षिणी हुम्लाको सलीसल्लासम्म गाडीमा ढुवानी गरी ल्याइएको इन्धन सदरमुकाम सिमकोटसम्म खच्चडमार्फत ढुवानी गरी खार्पुनाथ गाउँपालिकाको खार्पुमा ल्याइँदै । अहिले ढुवानी दर घटेर प्रतिकेजी ४५ रुपियाँ पुगेको छ ।
नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसायका लागि बस्दै आएका नेपाली व्यापारीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन् ।
चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।
रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ, बाहुनचुरास्थित अग्लो पहाडको टुप्पोमा थानापति महादेवको मन्दिर छ। यो मन्दिर रामेछाप जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल हो। यो भेगमा पशुपतिनाथका रूपमा पुजिने थानापति महादेवको मन्दिर रामेछाप जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। थानापति मन्दिर विकास समितिका अध्यक्ष राजकुमार बोहराले यहाँ प्रत्येक वर्षको हरितालिका तिज, ठुली एकादशी र महाशिवरात्रि जस्ता पर्वमा भक्तजनको घुइँचो लाग्ने गरेको बताउनुभयो। उहाँका अनुसार यी पर्वमा रामेछापलगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखासहित काठमाडौँ जिल्लाबाट दर्शनार्थी आउने गरेका छन्।
दोलखाको भीमेश्वर नगरपालिका–६ मा १२ आदिवासी जातिको संस्कार र संस्कृति झल्कने बहुसांस्कृतिक सङ्ग्रहालय र पार्क निर्माण गरिने भएको छ। दोलखा नै उद्गम थलो भएका थामी, जिरेल, सुरेल र तामाङ, शेर्पा, श्रेष्ठ, सुनुवार, गुरुङ, माझी, भुजेल, मगर र कुमाल गरी कुल १२ आदिवासी जनजातिको बसोबास रहेको छ। उनीहरूको जन्मदेखि मृत्युसम्मका संस्कार, वेशभूषा जोगाउन यो सङ्ग्र्रहालय निर्माण हुन लागेको हो। यहाँ आदिवासी जनजातिका पुरातात्त्विक महत्व झल्कने किसिमका १२ वटै भवन निर्माण हुने र ती भवनमा सम्बन्धित जातजातिसँग सम्बन्धित
जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाका १२ वटा पालिकामा रहेका स्वास्थ्य सेवा दिने निजी क्लिनिक र फार्मेसीहरूको विवरण माग गरे पनि पालिकाहरूले उपलब्ध नगराउँदा अनुमतिबिनै सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक र फार्मेसीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।
जग्गा विवाद समाधान भएसँगै उदयपुरको चौदण्डीगढीमा विद्युत् सबस्टेसन निर्माण हुने निश्चित भएको छ । लामो समयदेखि जग्गा प्राप्तिको विवादले विद्युत् विस्तारका लागि सबस्टेसन निर्माणको काममा अवरोध हुँदै आएको थियो । जग्गाको खिचलो चलिरहँदा चौदण्डीगढीमा निर्माण हुने विद्युत् सबस्टेसन अन्यत्र जाने हो कि भन्ने चिन्ता व्याप्त भइरहेका बेला चौदण्डीगढी नगरपालिका–३, वीरेन्द्र चोकनजिक विद्युत् सबस्टेसन बन्ने निश्चित भएको नगरप्रमुख कालुमान लामाले बताउनुभयो । उदयपुर जिल्लाको एउटा प्रमुख व्यापारिक केन्द्र बेल्टारमा नभएर सो क्षेत्रका अन्य रामपुर, हडिया, सिवाही, सुन्दरपुर, तपेश्वरीलगायतका बजार क्षेत्रमा उद्योेग, कलकारखाना र नयाँ पसलहरू खुल्ने व्रmम जारी रहेको तर विद्युत्को समस्याका कारण उद्योगी व्यवसायीहरू निराश हुँदै आएकोमा अब भने उत्साहित बनेको स्थानीयवासीको भनाइ छ । स्थानीय कुमार विश्वकर्मा र दिलमाया राईको नाममा रहेको फरक फरक कित्ता नं को १६ कट्ठा जग्गा विद्युत् सबस्टेसन निर्माणका लागि स्थायी रूपले उपभोग गर्न जग्गा प्राप्ति ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय उदयपुरले आह्वान गरेको सूचनामा राईका छोरा प्रेम राइले मुआब्जा रकममा चित्त नबुझेको भन्दै निवेदन हालेपछि सुरु भएको विवाद लामो समयपछि बिहीबार अन्त्य भएको
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संसद्मा सङ्घीय शिक्षा विधेयक दर्ता हुँदैमा चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको कारण शिक्षा क्षेत्रका विभिन्न पक्षबाट असन्तुष्टि बढेको देखिन्छ तर विधेयक अहिले संसद्मा दर्ता भएको छ । छलफलको समयमा संसद्मा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउन सक्छन् । विधेयक छलफलका लागि विषयगत समितिमा जान सक्छ । समितिले विज्ञहरूसँग छलफल गर्छ । अहिले धेरै प्रक्रिया बाँकी छ ।”
वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो । महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ ।
नेपाली कांग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जेल डायरी लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रा. कृष्ण खनाल, नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतम, नेपाली कांग्रेसका पार्टी प्रवक्ता मीन विश्वकर्मा, एमाले नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, माओवादी नेता राम कार्कीले पुस्तकको लोकार्पण गर्नुभएको हो ।