• १४ मंसिर २०८१, शुक्रबार

आमडाँडाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु

blog

पुतलीबजार नगरपालिका वडा नं १४ आमडाँडाको नयाँ भवन । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, चैत १ गते । पुतलीबजार नगरपालिका १४ आमडाँडाले आफ्नै भवनबाट सेवा दिन थालेको छ । स्थानीय तह स्थापना भएपछि भाँडामा कार्यालय सञ्चालन गर्दै आएकोमा नयाँ भवन बनेपछि आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको हो । 

नगरपालिकाले आफ्नै लागत ६८ लाख ५८ हजार ७९ रुपियाँ ५८ पैसाको आरसीसी भवन निर्माण भएको हो । साढे दुई तले भवनमा बैठक हल सहित छ वटा कोठा र दुई सार्वजनिक सहित सात वटा शौचालय निर्माण गरिएको छ । 

२०७८ फागुन २९ गते डेढ बवर्षमा सम्पन्न गर्ने गरी केशव निर्माण सेवा पुतलीबजार ४ ले सम्झौता गरेमा छ महिना ढिला निर्माण सकेको इन्जितियर गोबिन्द नोरङले बताउनुभयो । नगरपालिकामा १४ वटा वडा रहेकोमा वडा नं ३ को कार्यालय अहिले पनि भाँडाको भवनमा छ । 

यस्तै वडा नं १ नगर विकासको भवनमा, वडा नं २ गाभिएको विद्यालयमा र वडा न नं ५ हेल्थ पोष्ट छ । यहाँका अन्य १० वडा भने नयाँ भवनबाट सेवा प्रदान गरेका छन् । यहाँ निर्माण भएको वडा कार्यालय भवनको संघिय सांसद राजु थापाले उदघाटन गर्नुभएको थियो ।