• १३ साउन २०८१, आइतबार

जिप दुर्घटनाकाे थप विवरण : एक बच्चासहित सातको मृत्यु

blog

उदयपुरको मैनामैनीमा दुघर्टना भएको जीप । तस्बिर सौजन्यः नेपाल प्रहरी

टक्सार (भोजपुर), चैत १ गते । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत्यु भइसकेको छ । को १ ज २५९३ नम्बरको जिप आज १ः३० बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत हुन नसकेको बताउनुभयो । जिप सडकबाट करिब तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । रासस  

यो पनि पढ्नुहोस

धरानबाट घोरेटार आएको जिप दुर्घटना,छजनाको मृत्यु