• १३ साउन २०८१, आइतबार

धरानबाट घोरेटार आएको जिप दुर्घटना,छजनाको मृत्यु

blog

क्सार (भोजपुर),  चैत १ गते ।  धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

को १ ज २५९३ नम्बरको जिप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छ जनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ । 

जिप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताउनुभयो । स्थानीयका अनुसार जिप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो । रासस