जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, जगनाथ, बुढीनन्दा र स्वामिकार्तिकमा उत्पादन गरिएको स्याउ अहिले बारीमै थन्किएको छ ।
रामारोशन भ्रमणमा आउँदै गरेका विभिन्न देशका ४० जना पर्यटक अन्योलमा परेका छन्। पर्यटकीय केन्द्र रामारोशनमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेकाले सोही कार्यक्रममा भाग लिन आउँदै गरेकाहरू अन्योलमा परेका हुन्। स्थानीय प्रशासनले सो सम्मेलनको आधिकारिकता खोजेपछि कार्यक्रम हुने नहुनेमा पनि अन्योलत सिर्जना भएको छ। रामारोशनमा गर्ने भनिएको कार्यक्रम आयोजक, सहभागी र समयका बारेमा प्रस्ट नखुलेको बताइएको छ। स्थानीय प्रशासनले विभिन्न देशबाट आएकाहरूलाई अछाम प्रवेश नाका रोकिदिएको छ। कार्यक्रम गर्नुअगाडि नै स्थान, सहभागी सङ्ख्या, देश, समय अवधिका बारेमा नखुलेका कारण यस्तो समस्या देखिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ । चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती हो ।
निर्वाचनपश्चात् विधायकको भूमिका सक्रिय हुनुपर्ने सांसद टुक्रेटाक्री योजना लिएर वडाध्यक्षसँग प्रतिस्पर्धामा उत्रिएको भन्दै व्यङ्ग्यसमेत हुने गरेको छ । संविधान जारी भएको आठ वर्ष बिते पनि सङ्घीयता कार्यान्वयनसँग सिधै सरोकार राख्ने अझै केही महत्त्वपूर्ण कानुन बन्न सकेको छैन ।
पछिल्लो समय बाँकेमा बालबालिकामा स्क्रबटाइफस र डेङ्गु रोग पनि देखिन थालेको छ। बालबालिकामा एन्फ्लुएन्जासँगै स्क्रबटाइफस र डेङ्गु रोग पनि पनि देखिन थालेको चिकित्सकले जनाएका छन्। भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले हाल आएर भेरी अस्पतालमा आउने बिरामीमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढ्न थालेको बताउनुभयो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मध्य पहाडी लोकमार्ग अन्तर्गत भेरी नदीमा पुल बन्ने बताउनु भएको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका पर्यटकीय स्थल भएको सुन्दर स्थान हो। यहाँ कृषिको राम्रो सम्भावना रहेको छ। गाउँपालिकाले कृषिमा पनि पशुपालनलाई प्राथमिकता दिएर अगाडि बढाएको छ। जसबाट स्थानीयले राम्रो आम्दानी गर्न सफल भएका छन्। स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामपछि गठन भएको मालारानी गाउँ सभाको अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । यस गाउँपालिकामा भएका विकासका गतिविधिबारे पालिका अध्यक्ष दलबहादुर भट्टराईसँग गोरखापत्रकर्मी गणेश खनालले गरेको कुराकानी :
गुल्मीमा पाँच महिनाअघि निर्माण सकिएको पार्क अझै हस्तान्तरण हुन सकेको छैन। निर्माण व्यवसायीले भुक्तानी नपाउँदा पार्क हस्तान्तरण हुन सकेको छैन। गुल्मीको रेसुङ्गालाई पर्यटकीय क्षेत्रका रूपमा थप टेवा पुग्ने भन्दै गडजुरामा पाँच करोड ५९ लाख रुपियाँको लागतमा रेसुङ्गा पार्क निर्माण गरिएको हो। ८३ रोपनी क्षेत्रफलमा फैलिएको पार्क निर्माणको सम्झौता २०७८ साल कात्तिकमा रेसुङ्गा नगरपालिका र धुलिखेल अर्जुन न्यु लिजा जेभीबिच भएको थियो। विसं २०७९ चैतमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। निर्माण व्यवसायीले सम्झौताअघि नै निर्माण सके पनि पूरै भुक्तानी नपाएकाले हस्तान्तरण हुन नसकेको हो ।
जग्गा अभावका कारण पाल्पा अस्पतालको स्तरोन्नतिमा समस्या थपिएको छ। अस्पतालको भवन निर्माणलगायतको काम गर्न जग्गा अभाव हुँदा निर्माणको बजेटसमेत फिर्ता भएको छ। तीन वर्षदेखि अस्पतालका लागि जग्गाको खोजी भए पनि अहिलेसम्म जग्गा प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। जग्गा अभावकै कारण लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि ५० शय्याको अस्पताल बनाउने घोषणा गरे पनि काम अलपत्र बनेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आज (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
नवलपुरको कावासोतीमा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ । खानेपानी पाइपमा ‘सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा)’ प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गर्न मिल्ने बनाउन लागिएको हो ।
मनाङ जिल्लामा आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले चार स्थानीय तहले जिल्लाभित्र रहेका हिमतालको खोजी गर्ने योजना बनाएका छन्। धेरै पर्यटक भित्र्याउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसै सन्दर्भमा चामेस्थित चामे गाउँपालिका–४, लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिकै काजिनसरा ताल भेटिएको थियो। ताल भेटिएपछि २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले काजिनसरा तालको प्रचारप्रसारका लागि कार्यक्रम गरेको थियो। तालको प्रवर्धन गर्न चामे गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नेपाल पत्रकार महासङ्घ मनाङ तथा स्थानीयवासीको संलग्नतामा ताल नजिक कार्यक्रम गरिएको थियो। गुगलको जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) का अनुसार समुद्री सतहबाट पाँच हजार सात मिटर उचाइमा काजिनसरा ताल रहेको छ । चामेबाट लमजुङ हिमालको बेस क्याम्प हुँदै करिब पाँच घण्टामा यस तालमा पुग्न सकिन्छ ।
नेपालगन्ज नाकाबाट एक महिनामै डेढ करोड रुपियाँको प्लाइउड भारत निर्यात गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै एक करोड ४६ लाख मूल्य बराबरको २५ हजार चार क्युबिक मिटर प्लाइउड भारत निर्यात गरिएको हो ।
द्वितीय विश्वयुद्धको अन्त्यपछि सन् १९४५ अक्टोबर २४ मा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्दै राष्ट्रहरूका बिच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने उद्देश्यले स्थापित संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको नेपालले करिब ६८ वर्षमा यो संस्थामार्फत बहुपक्षीय लाभ लिन सकेको छ । सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता हासिल गरेको नेपालले यो अन्तर्राष्ट्रिय मञ्चमार्फत विश्व शान्ति एवं राष्ट्रसङ्घीय चासो बनेका विविध विषयमा आफ्नो गच्छे अनुसारको सक्रिय योगदान पु¥याइरहेको छ । शान्ति मानव जीवन रक्षाका लागि अपरिहार्य छ, शान्ति कायम गर्न जीवन र जगत्सँग सम्बन्धित विषयको सन्तुलन
सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । अर्कोतिर पुरानो बन्दै गरेको थ्रिजी प्रयोगकर्ताको सङ्ख्या भने घट्दै गएको देखिन्छ ।