उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले जयेन्दु बालसुधार गृह बाँकेमा विद्यालय सञ्चालन गर्न डुडुवा गाउँपालिका समेतका विपक्षीका नाममा परमादेशको आदेश जारी गरेको छ ।
धनकुटा नगरपालिका–१० धर्मशालामा आगलागी हुँदा तीन घर पूर्णरुपमा जलेर नष्ट भएको छ । दुई घरमा आंशिक क्षति पुगेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले मार्च १८ देखि २१ सम्म नेपाल भ्रमण गर्नुहुने भएको छ ।
नेकपा (एमाले) कालीकोटको जिल्ला अधिवेशन चैत २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ। पार्टीको ११ औँ जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ।
प्रदेश लोक सेवा आयोग मधेश प्रदेश आयोगविहीन (पदाधिकारीविहीन) छ । मधेश प्रदेश सरकारले पदाधिकारी नियुक्ति नगर्दा आयोगविहीन अवस्थामा पुगेको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ ।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकका लागि ‘कठिन’ समयमा आएको साताको अन्त्यमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग बिहीबार आग्रह गर्नुभएको छ ।
प्राणघातक रोग एचआइभी-एड्सबाट सङ्क्रमित बालबालिकाको राजधानीमा हालै सम्पन्न राष्ट्रिय भेलाले सरकारले व्यवस्था गरिरहेको सामाजिक सुरक्षा कार्यक्रममा एचआइभी सङ्क्रमित बालबालिकालाई पनि समेट्न आग्रह गरेको छ ।
नेपालमा धान, मकै तथा गहुँलाई मुख्य बालीको रुपमा लिइने भए पनि पछिल्लो समय म्याग्दी जिल्लामा गहुँ उत्पादन र खेती गर्ने क्षेत्रफल घटेको छ।
युरोपेली सङ्घ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको अल जजिराले बताएको छ । यो इयुले सञ्चालन गरेको सहायता कोषको सुधारको भाग हो ।
माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावकको भर पर्ने कुरा सामान्य नै हो ।
चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्चपदस्थ अधिकारीका रूपमा अस्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ ।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीको काम नभएको बताउनुभएको छ। बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो।