नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादीको तीनमहिने अभियानले पार्टीलाई रूपान्तरण गर्ने कुरा मुख्य भएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी रूपान्तरण गरी जनमुखी बनाइने उल्लेख गर्नुभयो।
पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ (इयू) को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर शुक्रबार फर्किएको इयूको प्राविधिक सहयोग टोलीले आगामी कात्तिकमा प्रतिवेदन बुझाउने भएको छ ।
कुनै समय स्याङ्जाको मालुङ्गा टुनिबोटलाई कुष्ठरोगी बस्ने ठाउँ भनेर चिनिन्थ्यो । गल्याङ नगरपालिका–१ मा पर्ने मालुङ्गा गए कुष्ठरोग सर्छ भनेर बाटो हिँड्नसमेत बटुवा डराउँथे । टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुवाकोटका राजाले पाल्पा आक्रमणका लागि १९५२ बाट हातहतियार राख्न प्रयोग गरिएको ठाउँसमेत हो । हातहतियार राख्न प्रयोग गरेको १२० मिटर लामो इँटा र माटोले बनाएको दरबारलाई श्री ३ महाराज खड्गशमशेरले १९९७ सालमा नेपालभरका ४२२ कुष्ठरोगीलाई उपचार गर्न यही ठाउँको प्रयोग गर्नुभएको थियो । लामो समय कुष्ठरोगी बस्ने स्थान मालुङ्गा टुनिबोट अहिले अस्पतालमा रूपान्तरण भएको छ । यहाँ बिरामीले प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा पाउने गर्छन् । अहिले सरकारले सर्वसाधारणका लागि सुविधा सम्पन्न १५ बेडको स्वास्थ्य
अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने बताउनुभएको छ ।
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको तनहुँको व्यास नगरपालिका–५ बेतेनीमा निर्माण हुँदै गरेको बाँधस्थलमा निर्माण कार्य गरिँदै ।
नेकपा (एमाले)का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
राजनीतिज्ञ, वरिष्ठ प्रशासक, व्यवस्थापनविद् एवं न्याय क्षेत्रका अगुवाहरूले नेपाली समाजलाई अनुसन्धानात्मक र स्तरीय विचार र चिन्तनका माध्यमबाट अझ परिष्कृत बनाउनुपर्ने बताउनुभएको छ।
अपांगता भएका व्यक्तिका लागि विपदजन्य प्रकोप व्यवस्थापनका लागि सरकारले छुट्टै नीति बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।
पोखरामा शनिबार र्यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरेको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षाममन्त्री खड्काले सम्हाल्ने गरी तोक्नु भएको हो।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताउनुभएको हो ।
गोरखामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका –४ अमराईमा बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षका रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।