• १३ साउन २०८१, आइतबार

आगलागी हुँदा धनकुटामा तीन घर जलेर नष्ट

blog

धनकुटा नगरपालिका-१० धर्मशालामा भएकाेआगलागी । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे

धनकुटा, चैत १ गते । धनकुटा नगरपालिका-१० धर्मसालामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय कमला मोक्तानको घरबाट करिब १०:३० मा आगलागी सुरु भएको थियो । 

आगो करिब अढाई घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट मोक्तानकाे घरसहित मेहरमान मोक्तानको दुई वटा घर जलेर नष्ट भएका छन् । त्यस्तै, चन्द्रकुमारी अधिकारी र रत्न ठाडामगरको घरमा आंशिक रुपमा क्षति पुगेको छ । 

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित पाख्रीबास र धनकुटा नगरपालिकाको सहयोगमा आगाे नियन्त्रणमा लिइएको इलाका प्रहरी चौकीका इन्चार्ज नारायण भट्टराईले जानकारी दिनुभयो ।