नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन : नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो ।
यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ ।
गुल्मीको तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयले विद्यार्थीलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको छ । रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा यहाँ अध्ययनरत विद्यार्थीलाई पढाइको साथमा सिपसँग जोड्नको लागि नौमती बाजा बजाउने तालिम प्रदान गरिएको प्रधानाध्यापक भागिरथ भण्डारीले जानकारी दिनुभयो ।
बेँसी झारिएका भेडीगोठलाई हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म भेडीगोठलाई सारिएका थिए । हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ ।
हिजो त्यो सिरानीमा बिसाएको थिए, यो टाउको, हजुरकै टाउकोसित
माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताउनुभएका उहाँले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।
दोलखाको शैलुङ गाउँपालिका–८ ले वडाको बजेटको करिब ९० प्रतिशत बजेट विकासको पूर्वाधार मानिएको सडकमा लगानी गरेको छ । वडावासीबाट वडामा उत्पादित आ
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधवार दिउँसो बागलुङको प्रसिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोट आउँदै हुनुहुन्छ । पञ्चकोटमा जारी ब्रह्माण्डीय महायज्ञको आज अन्तिम दिन अध्यक्ष ओली दिउसो १ बजे यहाँ आउन लाग्नुभएको हो ।
कृषिप्रधान देश नेपालमा किसानलाई मारमा पारेर समृद्धिको सपना देख्नु न्यायसङ्गत हुन्छ र रु कृषि क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मधेस प्रदेशका किसान आज किसान हुनुमा पीडा महसुस गर्दैछन् ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित एकता शिशु निकेतनको छात्रावासमा शालीन पोखरेल मृत फेला परेको घटनापछि सुरक्षा घेरामा पढाइ भइरहेको छ । रत्ननगर नगरपालिका–१०
यतिबेला दुधको भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादन कृषक आन्दोलनमा छन् । विगत छ महिनायता कृषकले आफ्नो उत्पादनको मूल्य पाउन नसकेपछि दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध नाराबाजी र आन्दोलन गर्दै आएका छन् तर पनि उही संस्थानलाई नै दिनहुँ दुध बिक्री गर्न भने छोडेका छैनन् ।
पानीमा डुबेर हुने मृत्युप्रति सरकार गम्भीर नहुँदा बर्सेनि मानवीय क्षति बढ्दै गएको छ । खोलानालामा भएको अप्राकृतिक दोहन, विभिन्न प्रयोजनका लागि मानवद्वारा सृजित पोखरी वा खाल्टाखुल्टीमा जमेको पानीमा डुबेर धेरै बालबालिकाको मृत्यु हुने गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै वामपन्थी पार्टीहरूको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेपछि राजनीतिक वृत्तमा बेग्लै भाव–सञ्चार भएको छ ।
१) ओखलढुङ्गा– लगभग छ वर्गफिटको मध्यमा खोपिल्टो परेको ओखल जस्तो एउटा ढु्ङ्गा र नजिकै एउटा मुसल पनि रहेको ठाउँ हुनाले ओखलढुङ्गा नाम रहन गएको बताइन्छ । २) इलाम– लिम्बू भाषामा इ भनेको घुमाउरो र लाम भनेको बाटो भन्ने अर्थ लाग्ने भएकाले इलाम रहन गयो । ३) इन्द्रचोक– इन्द्रजात्राको दिन इन्द्रको प्रतिमा प्रदर्शन गरिने प्रमुख स्थल भएकाले इन्द्रचोक भनिएको हो । ४) कपिलवस्तु– कपिल ऋषिको आश्रम रहेको स्थानमा शाक्यवंशका मानिसले उनै कपिल ऋषिको आदेशानुसार सहर बसाएको हुनाले उक्त ठाउँको नाम कपिलवस्तु रहेको देखिन्छ ।