कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको छ । बुधवार बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीबाट नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३३ जनाको जीवित उद्धार गरिएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
कपिलवस्तु नगरपालिकाले सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलबस्तुलाई रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनीकरण र रोकथामका लागि नगरपालिकाले प्रहरीलाई एक दर्जन ब्यारीगेट प्रदान गरेको हो ।
१. पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा को निर्वाचित भएका छन् ? सहवाज सरिफ – पाकिस्तान मुस्लिम लिग– नवाज (पिएमएल–एन) का नेता सहवाज दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । – इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) ले समर्थन गरेका उम्मेदवार उमर अयुवलाई पराजित गर्दै सहवाज सन् २०२४ मार्च ३ मा पाकिस्तानको २४ औँ प्रधानमन्त्री चयन भएका छन् । उनी पूर्वप्रधानमन्त्री नवाज सरिफका सहोदर भाइ हुन् । – सहवाज यसअघि सन् २०२२ अप्रिलमा इमरान खानको
सङ्घीय संसद्का विशेषाधिकार १. सार्वजनिक उत्तरदायित्व भन्नाले के बुझिन्छ ? नेपालको सार्वजनिक क्षेत्रमा सार्वजनिक उत्तरदायित्व निर्वाह गर्न गरिएका व्यवस्थाहरू प्रस्तुत गर्नुहोस् । सार्वजनिक स्रोतसाधन र अधिकारको प्रयोग गर्ने निकाय वा पदाधिकारीले आफ्ना कामकारबाही, निर्णय र स्रोत परिचालनका सम्बन्धमा सरोकारवालालाई जवाफ दिनुपर्ने दायित्वलाई सार्वजनिक उत्तरदायित्व भनिन्छ । यसले सार्वजनिक पदाधिकारीलाई आफ्ना कामप्रति जिम्मेवार र जवाफदेही बन्न बाध्य पार्दछ । सार्वजनिक निकायका निर्णय र कामकारबाही स्वच्छ
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
भाषिक जटिलताका कारण अध्ययनमा समस्या परेको कुरालाई लक्षित गर्दै नेपाली भाषामा अनुवाद गरेर श्रीमद् देवी भागवत महापुराण प्रकाशन गरिएको छ । रेडियो नेपालबाट अवकाश प्राप्त वरिष्ठ सञ्चारकर्मी धु्रव थापाले संस्कृतमा रहेको धार्मिक पुस्तक नेपालीमा अनुवाद गरी बजारमा ल्याउनु भएको हो ।
पाटन नगरपालिका–३, गुजरमा रहेको प्रसिद्ध वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर परिसरमा हुने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ । सो मन्दिरका पुजारी ज्योतिष पण्डित गणेशप्रसाद पन्त (पञ्चाङ्गकार) ले सबै जातजातिले श्रद्धापूर्वक पूजा प्रार्थनासहित मेला भर्ने सो मन्दिरमा शिवरात्रि मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो । माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विशाल मेलाका साथै शल्य दशमीका दिन २२ ताल सहस्र लिङ्ग विशेष गात स्नान गराउने (सुन्दरी, ताल, एकधारे ताल, देवरह ताल र सैनी ताललगायत स्थानीय २२ वटा जलाशयबाट पानी सङ्कलन गरी) मुख्य मन्दिरको शिवलिङ्गको स्नान गराउने परम्परा रहेको पुजारी पन्तले बताउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर कार्गोको आयात/निर्यात शुल्क १० प्रतिशतले बढाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एयर कार्गो बिल्डिङका अनुसार एयर कार्गो आयात/निर्यातको शुल्क बढाइएको हो ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्नुभएको छ ।
कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् ।
सङ्घीय सरकारमा भएको सत्ता समीकरण परिवर्तनको असर सातै प्रदेश सरकारमा परेको छ । सङ्घीय संसद्मा जस्तै प्रदेश सभामा पनि त्रिशङ्कु संरचना रहेका कारण सङ्घीय गठबन्धन अनुसार नै बनेका सरकारमा मन्त्री हटाउने र राजीनामा दिने क्रम सुरु भइसकेको छ ।
विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । मङ्गलबार राति करिब ९ देखि १० बजेसम्म एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायर हुनेलगायतका समस्या देखिएको थियो । मेटाका फेसबुक र इन्स्टाग्राम एप नचल्ने समस्या नेपालमा मात्र नभई विश्वभर देखिएको प्रयोगकर्ताले ट्विटरलगायतका अन्य सामाजिक सञ्जालमा गुनासो गरेका थिए । मेटा कम्पनी अर्को एप ह्वाट्सएप भने चलिरहेको थियो ।
मुलुकलाई औषधीमा आत्मनिर्भर बनाउन गुणस्तरीय औषधी उत्पादन गर्न सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘औषधीमा गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक कार्यक्रममा उहाँले त्यसका लागि नेपाली औषधी उत्पादकले गुणस्तरीयता ध्यान दिने र सरकारले उद्योगहरूलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ ।