नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय हुनेछ ।
दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग ९युजिसी०बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन ९क्यूएए०को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मङ्गलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग खुसी आदान प्रदान गरेको छ ।
लुम्बिनीको पडेरियाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटनामा परेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी सडक खण्डमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
नेपालगन्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी कोरिडोर निर्माण गरिने भएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबिच सहज पहुँच स्थापित गर्न सहरी कोरिडोर निर्माण गर्न लागिएको हो । कोरिडोरका लागि अहिले एकीकृत विकास रणनीति तयार पारिँदै छ । त्यसका लागि सरोकारवालासँग छलफल चलिरहेको बताइन्छ । सुर्खेतको वीरेन्द्रनगरमा सहरी कोरिडोर विकासका लागि दीर्घकालीन सोच र रणनीतिक योजनासम्बन्धी छलफल गरिएको छ । सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले तीन वटा सहर जोडेर सहरी कोरिडोर विकास गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्ज–कोहलपुर–सुर्खेतमा सहरी कोरिडोर बन्न लागेको हो । आसपासमा बस्ती विकास हुँदै जाँदा भविष्यमा व्यवस्थित पूर्वाधार विकासमा ठुलो चुनौती हुने देखिएपछि सहरी कोरिडोरको अवधारणा अघि सारिएको मैनालीले जानकारी दिनुभयो ।
राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याउन थालेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले रिक्त कर्मचारी दरबन्दी लुकाउने प्रवृत्तिका कारण पदपूर्ति हुन नसकेको बताउनुभएको छ । अध्यक्ष रेग्मीले जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा कार्यालय प्रमुखसँग मङ्गलबार आयोजित छलफलमा करारमा कर्मचारी भर्ना गर्न विभिन्न कार्यालयले रिक्त दरबन्दी लुकाउने गरेको बताउनुभयो । उहाँले विभिन्न कार्यालयले रिक्त दरबन्दी लुकाएर आफू अनूकुल करारमा कर्मचारी भर्ना गर्ने गरेको पाइएको बताउनुभयो ।
आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१, ढुकुरपोखरीमा हिमपहिरो गएको छ । हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत पूरै अवरुद्ध भएको छ । ठुलै हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो पन्छाउने प्रयास जारी छ, अलि जोखिमयुक्त भएको तथा पहिला पनि दुर्घटना भएकाले उच्च सतर्कताका साथ समन्वयमा काम भइरहेको छ ।” उहाँका अनुसार ढुकुरपोखरीमा गएको उक्त हिमपहिरो मस्र्याङ्दी नदीमा आइपुगेको छ ।
सामुदायिक वन समूहका पदाधिकारीको मिलोमतोमा अनुमतिभन्दाबाहिर गई ८४ वटा खयरका सग्ला रुख काटिएको फेला परेपछि सिरियानाका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मतीबहादुर सुनार र सचिव ओमबहादुर पुन पक्राउ परेका छन् । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले चुरे वन क्षेत्र अन्तर्गत पर्ने राजपुर गाउँपालिका–१, सिरियानाका सामुदायिक वन समूहका अध्यक्ष र सचिवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको बताउनुभयो ।
बाजुराको दुर्गम तथा पछाडि परेको साविकका मानाकोट र दहकोट गाविस मिलेर गौमुल गाउँपालिका बनेको हो । सो गाउँपालिकामा नेकपा (एमाले) का ४२ वर्षीय युवा नेता हरिबहादुर रोकाया दोस्रो कार्यकालका लागि अध्यक्ष हुनुहुन्छ । यहाँका दुगर्म गाउँबस्तीको विकासमा लागि पर्नु भएका अध्यक्ष रोकाया बाजुरामा विकासवादी र योजना भएको अध्यक्ष मानिनुहुन्छ । प्रस्ततु छ अध्यक्ष रोकायासंग सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार र कृषि क्षेत्रमा गरेका काम र चुनौतीका बारेमा गोरखापत्र बाजुरा समाचारदाता शेरबहादुर सार्कीले गरेको कुराकानीको सारसङ्क्षेप ।
राजनीति सधैँ एकै दिशामा अगाडि बढ्दैन । समय, परिस्थिति, लक्ष्य, गन्तव्यलगायत अनेक तत्वले राजनीतिको गति र दिशालाई निर्धारण गर्न बाध्य बनाउँछ । समयको पदचाप समात्दै राजनीतिले आयाम परिवर्तन गर्दै जाने रहेछ । फागुन २१ गते मुलुकको राजनीतिमा एकाएक परिवर्तन आयो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मौजुदा गठबन्धनमा फेरबदल गर्ने निर्णयमा पुग्नुभयो । संसद्मा भएको सबैभन्दा ठुलो दल नेपाली कांग्रेससमेतका दलसितको गठबन्धन भत्कियो । एक वर्षअघि राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा निर्माण भएको सो गठबन्धनको क्रमभङ्गतासँगै अवस्था फेरि २०७९ को आमनिर्वाचनपछि पुस १० को प्रस्थानबिन्दु हाराहारीमै पुगेको छ ।
समाजले स्वार्थको द्वन्द्व हुने गरी काम गर्नुलाई अपराधको रूपमा नलिएको अवस्थासमेत विकासोन्मुख देशहरूमा देखिएको छ तर यो पनि भ्रष्टाचार नै हो । अधिकार प्राप्त अधिकारीले आफ्नो स्वार्थ अनुकूल हुने गरी वा आफू संलग्न संस्थाको निर्णय दिई सार्वजनिक हानिनोक्सानी पु¥याउँछ । यसरी व्यक्तिगत र समूहगत फाइदा लिने कार्यलाई स्वार्थ बाझिएको विषयसँग दाँजेर हेर्ने गरिएको छ । स्वार्थको द्वन्द्व सबै प्रकारका शासकीय संरचनामा देखिने गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म र सार्वजनिक निकाय, सार्वजनिक संस्थालगायत सबै प्रकारका वित्तीय क्षेत्रमा यो गलत अभ्यास सघन रूपमा छ । यसले सबै प्रकारका व्यवस्थापकीय र नीतिगत निर्णयहरू प्रभावित हुने र सार्वजनिक निकायका साथै बजार व्यवस्था अस्तव्यस्त बन्छ । अविश्वसनीयताको दुष्चक्रमा समाज र राज्य समाहित हुन्छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
नेपालको अर्थतन्त्रको आकार ४६ खर्ब ९६ अर्ब रुपियाँको छ । अर्थतन्त्रको यो आकारले ठुलो लगानी गरी मुलुकलाई समृद्धिको मार्गमा डो¥याउन सम्भव छैन । त्यसैले आर्थिक स्रोत जुटाउनु पर्ने बाध्यता हामीलाई छ । लगानी सम्मेलन पनि यसको एउटा आधार हो । नेपालमा लगानीका प्रशस्त सम्भावना र अवसर छन् भन्ने जानकारी अन्तर्राष्ट्रिय क्षेत्रमा दिन लगानी सम्मेलन गरिँदै आएको छ । नेपालमा प्रजातन्त्र पुनस्र्थापनासँगै २०४८ सालमा पहिलो पटक लगानी सम्मेलन आयोजना गरिएको थियो । यसपछि नै विदेशी लगानी प्रवर्धनलाई सघाउन पहिलो पटक विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ जारी गरिएको थियो । नेपालको संविधान जारी भएपछि २०७३ साल फागुन १९ र २० गते र २०७५ साल चैत १५ र १६ गते गरी दुई पटक लगा
अर्घाखाँचीको छत्रदेव गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले संयुक्त लगानीमा कालिगण्डकी किनार रिडीमा विश्राम स्थल बनाउने भएका छन् । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा हिन्दु धर्मावलम्बीको अन्तिम दाहसंस्कार गर्ने ठाउँ नजिकै छत्रदेव(रुरु क्षेत्र विश्राम स्थल निर्माण गर्न लागिएको हो ।