• ३ असार २०८१, सोमबार

नेकपा एस सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु ।

काठमाडौं, फागुन २२ गते । नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ । 

मंगलवार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)  अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको बताइएको हो ।

बैठकमा उपस्थित नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताउनु भयो ।  यद्यपि उहाँले नेकपा (एकीकृत समाजवादी) को बुधवारको बैठकबाट टुंगो गर्ने बताइएको पनि स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘‘हामीले उहाँलाई अनुरोध गरेका छौँ । भोलि बैठक बसेर जवाफ दिने भन्नुभएको छ । सकारात्मक छ, यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छाैँ ।’’

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताउनु भयो ।