• ३ असार २०८१, सोमबार

माधव नेपाल निवास कोटेश्वर पुग्नुभयो देउवा

blog

माधव नेपाल निवास कोटेश्वर काँग्रेस सभापति शेरबहादुर देउवा सहितको टोली । तस्बिर: गोरखापत्र 

काठमाडौँ, फागुन २३ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ । 

पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुग्नुभएको हो । बुधवार बिहान देउवा माधव नेपालको निजी निवास कोटेश्वर पुग्नुभएको छ ।

राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबिचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । मङ्गलवार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।