माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णीत भएको छ । बुधबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरी नसकेको बताएको हो ।
दिपंकर पर्वका नामले प्रख्यात सम्यक् महादान पर्वको आयोजना हुने भएको छ । २२ सय वर्षभन्दा अघि निर्माण गरिएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल)ले फागुन ३० देखि चैत १ गतेसम्म यल इतिहल्न सम्यक् महादान पर्वको आयोजना गर्ने तयारी गरेको हो ।
चापाकोटमा साना किसान कृषि सहकारी संस्थाले किसानहरूलाई मकैको बिउँ वितरण गरेको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जासँगको समन्वयमा कुवाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडले किसानहरूलाई मकैको बिउँ वितरण गरेको हो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
नवनियुक्त मन्त्रीको शपथ बुधबार साँझ पौने ६ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ।
स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बिच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ ।
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरूलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ ।
निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताउनुभएको छ ।
झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनमा आएको छ । जिल्लामा यो भाटभटेनीको दोस्रो स्टोर हो । बुधबारदेखि दमक –९ मा नयाँ स्टोर सञ्चालनमा आएको हो ।
भर्खर त्रिकोणात्मक टी–२० सिरिज सकेको नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङमा आयोजना हुने अर्को सिरिजको तयारीमा जुटेको छ ।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको प्राथमिक (प्राइमरी) मतदानमा अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आ–आफ्नो पार्टीको प्राइमरी प्रतिस्पर्धामा अग्रता लिएका छन् ।
संयुक्त राज्य अमेरिकाले मङ्गलबार उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि नियमित उडान सुरु भएको यस विमानस्थलको सुरक्षाका लागि नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको बताइएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार बागलुङको प्रसिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेल पनि रहनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।