समाजवाद भनेको जनताको अधिकतम हित र सेवामा समर्पित भएर समानताका लागि काम गर्ने शासन व्यवस्था हो । राजनीतिक दल तथा सरकार समाजवादको बुझाइमा स्पष्ट हुन जरुरी छ । संविधानको परिधिभित्र रहेर समाजको खुसी र समृद्धिका लागि गरिने असल कार्य नै समाजवादका आधार हुन् । समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न मुलुकको मौलिक विशेषताका आधारमा दिगो सामाजिक तथा आर्थिक रूपान्तरणका खाकासहित नीति तथा कार्यक्रम अगाडि ल्याउनु पर्ने हो तर राजनीतिक दल तथा सरकारले त्यस विषयमा गम्भीर चासो राखेको देखिँदैन ।
‘दि इकोनोमिस्ट’ को प्रकाशन ‘इकोनोमिक इन्टिलिजेन्स युनिट’ ले हालसालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा चीनको आर्थिक वृद्वि ४.९ प्रतिशतले घट्ने छ । युवा रोजगारीमा निम्तिएको क्षयीकरण र बढ्दो ध्रुवीकरणलाई यसमा कारण मानिएको छ । ध्रुवीकरणलाई दीर्घकालीन र रोजगारीलाई अल्पकालीन स्वरूप मानिएको छ । प्रतिवेदनमा सन् २०२४ मा युवा बेरोजगारी बढ्न सक्ने तर सन् २०२५ देखि २०२८ मा यो असहजता कम हुन जनाइएको छ ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
युक्रेनसँगको जारी युद्धले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय जगत्मा नराम्रो छवि बने पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको मुलुकभित्र भने शक्ति झन् बढेको छ । यही मार्चमा त्यहाँ राष्ट्रपतिका लागि चुनाव हुन लाग्दा उहाँलाई टक्कर दिने विपक्षी कोही देखिएको छैन । उहाँलाई टक्कर दिने विपक्षी नेता एलेक्सी नाभाल्नीको ४७ वर्षको उमेरमा हालै जेलमा निधन भएकाले चुनाव उहाँकै पक्षमा जाने लगभग निश्चित नै छ । यो चुनावको सफलताले राष्ट्रपति पुटिन सन् २०३० सम्म सत्तामा रहने मात्र होइन, उहाँको लोकप्रियता मापन पनि हुने छ । हालै गरिएको सर्वेक्षण अनुसार ७८.५ प्रतिशत रुसी मतदाताले पुटिनलाई नै मत दिने जनाएका छन् । पछिल्लो पटक २०१८ मा निर्वाचित भएका पुटिनले २०२१ मा थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गर्ने गरी संविधानमा संशोध
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
विश्वमा महिलाले आफ्ना हकअधिकारबारे आधिकारिक रूपमा आन्दोलन सुरु गरेको उन्नाइसौँ शताब्दीको मध्यदेखि हो । अहिले विकास र सभ्यताले उच्च युरोप, अमेरिकाका विकसित देशभित्रै त्यतिबेला महिलाको अवस्था दयनीय थियो । महिलाको दिनचर्या घरभित्र मात्र सीमित थियो । पुरुषको अनुमतिबिना घरबाहिर निस्कनसमेत पाउँदैनथे । शिक्षाको अधिकार थिएन । चुनावमा पुरुषसरह भोट दिने अधिकारबाट पनि उनीहरू वञ्चित थिए । अधिकांश महिलालाई अधिकार के हो र किन प्राप्त गर्नु पर्छ भन्ने नै थाहा थिएन ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले आज खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सक्दो प्रयास गर्ने बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने बताउनुभएको छ ।
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ ९इयू०ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गर्नुभएको छ ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताउनुभएको छ ।
फलफूलमा स्याउ खेतीको राम्रो सम्भावना रहेको हिमाली जिल्ला हुम्लामा यस वर्ष दस करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको पाइएको छ । यस वर्ष स्याउ उत्पादन राम्रो नभए पनि जिल्लाभरको विवरण अनुसार उक्त स्याउ उत्पादन भएको पाइएको हो । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभर पाँच करोडभन्दा बढीको स्याउ उत्पादन भएको बताउनुभयो । उहाँले स्याउ राम्रो उत्पादन नभएका कारण जम्मा किसानले पाँच करोडको स्याउ उत्पादन गर्न सफल भएको र किसानले उत्पादन गरेका सबै स्याउ भने बिक्री नभएको बताउनुभयो ।
नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।